नेभिगेशन
सबै कुरा

भ्यु टावरको अनाधिकृत नक्सा पास गरेपछि काठमाडौँ महानगरका प्रशासकीय अधिकृत गुरागाइँ हटाइए

काठमाडौँ । नक्सा पासमा अनियमितता गरेको भन्दै काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेको छ। गत भदौ २७ गते मात्रै सरुवा भएर महानगरमा आएका सहसचिव सरोज गुरागाइँमाथि छानबिन थालिएको महानगरले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरका प्रवक्ता नवीन मानन्धरले शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् । ‘आधिकारिक प्रणाली छलेर भवनको नक्सा पास भएको देखिन्छ,’ प्रवक्ता मानन्धरले भने,‘ पास भएको नक्सामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् । छानबिन गरेर कानुन बमोजिम कारबाही हुन्छ ।’ 

Ncell
Extreme Energy

काठमाडौँ महानगरपालिकाको २८ नम्बर वडामा लामो समयदेखि निर्माणाधीन काठमाडौँ भ्यु टावरको नक्सा पासमा प्रमुख प्रशासकीय अधिकृतले गलत काम गरेको प्रवक्ता मानन्धरले बताए । 

महानगर स्रोतकाअनुसार प्रशासकीय अधिकृत सहसचिव गुरागाइँलाई आजदेखि नै कार्यालय प्रवेशमा रोक लगाइएको थियो । अनियमित ढङ्गबाट उक्त भवनको नक्सापास गरेको भेटिएको स्रोतको भनाई छ ।  

महानगरका अनुसार विवादित भवनको नक्सापासको महानगर भित्रको विधिवत प्रणालीमा अझै नक्सा पास भएको छैन् । भवनको नक्सा पास प्रक्रियामै रहेको प्रणालीमा देखिएपनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पास गरेको नक्सा पास भने भवन निर्माण कम्पनीले पाइसकेको महानगरले जनाएको छ । 

गत भदौ २७ गतेको ओली मन्त्रिपरिषद् बैठकले प्रदीप परियारलाई हटाएर महानगरमा गुरागाईंलाई पठाएको थियो । गुरागाईं एमाले निकट मानिन्छन् । उनी यस अघि उद्योग मन्त्रालयमा थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...