नेभिगेशन
सबै कुरा

भ्यु टावरको अनाधिकृत नक्सा पास गरेपछि काठमाडौँ महानगरका प्रशासकीय अधिकृत गुरागाइँ हटाइए

काठमाडौँ । नक्सा पासमा अनियमितता गरेको भन्दै काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेको छ। गत भदौ २७ गते मात्रै सरुवा भएर महानगरमा आएका सहसचिव सरोज गुरागाइँमाथि छानबिन थालिएको महानगरले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरका प्रवक्ता नवीन मानन्धरले शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् । ‘आधिकारिक प्रणाली छलेर भवनको नक्सा पास भएको देखिन्छ,’ प्रवक्ता मानन्धरले भने,‘ पास भएको नक्सामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् । छानबिन गरेर कानुन बमोजिम कारबाही हुन्छ ।’ 

Marvel

काठमाडौँ महानगरपालिकाको २८ नम्बर वडामा लामो समयदेखि निर्माणाधीन काठमाडौँ भ्यु टावरको नक्सा पासमा प्रमुख प्रशासकीय अधिकृतले गलत काम गरेको प्रवक्ता मानन्धरले बताए । 

महानगर स्रोतकाअनुसार प्रशासकीय अधिकृत सहसचिव गुरागाइँलाई आजदेखि नै कार्यालय प्रवेशमा रोक लगाइएको थियो । अनियमित ढङ्गबाट उक्त भवनको नक्सापास गरेको भेटिएको स्रोतको भनाई छ ।  

महानगरका अनुसार विवादित भवनको नक्सापासको महानगर भित्रको विधिवत प्रणालीमा अझै नक्सा पास भएको छैन् । भवनको नक्सा पास प्रक्रियामै रहेको प्रणालीमा देखिएपनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पास गरेको नक्सा पास भने भवन निर्माण कम्पनीले पाइसकेको महानगरले जनाएको छ । 

गत भदौ २७ गतेको ओली मन्त्रिपरिषद् बैठकले प्रदीप परियारलाई हटाएर महानगरमा गुरागाईंलाई पठाएको थियो । गुरागाईं एमाले निकट मानिन्छन् । उनी यस अघि उद्योग मन्त्रालयमा थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् । क्यानका...
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...