नेभिगेशन
सबै कुरा

ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्लाई

काठमाडौँ ।  नेपाल प्रिमियर लिग एनपीएलको पहिलो उपाधि जनकपुर बोल्ट्ले जितेको छ। त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदुरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि चुमेको हाे ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ रोज्दै जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्ले उत्कृष्ट प्रदर्शन गर्दै खेल जितेको हो। जनकपुरले १९.२ ओभरमा ५ वीकेट गुमाएर लक्ष्य भेट्टाएको हो।  

Ncell
Extreme Energy

जनकपुरलाई उपाधी विजेता बनाउन मिलान्थाले ४९ बलमा  ९ चौका र ४ छक्का हान्दै ८७ रनको योगदान गरे । मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेपछि पहिलो विकेट लिए । यस्तै, आसिफले सातौं ओभरको अन्तिम बलमा १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए ।

हर्शक थाकरले अविजित ३० रन जोडे भने थाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । मोहम्मद मोहसिनले ९ रन बनाएर आउट भए भने जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । मयन यादव २ रनमा अविजित रहे।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।