नेभिगेशन
सबै कुरा

ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्लाई

काठमाडौँ ।  नेपाल प्रिमियर लिग एनपीएलको पहिलो उपाधि जनकपुर बोल्ट्ले जितेको छ। त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदुरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि चुमेको हाे ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ रोज्दै जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्ले उत्कृष्ट प्रदर्शन गर्दै खेल जितेको हो। जनकपुरले १९.२ ओभरमा ५ वीकेट गुमाएर लक्ष्य भेट्टाएको हो।  

Ncell
Extreme Energy

जनकपुरलाई उपाधी विजेता बनाउन मिलान्थाले ४९ बलमा  ९ चौका र ४ छक्का हान्दै ८७ रनको योगदान गरे । मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेपछि पहिलो विकेट लिए । यस्तै, आसिफले सातौं ओभरको अन्तिम बलमा १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए ।

हर्शक थाकरले अविजित ३० रन जोडे भने थाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । मोहम्मद मोहसिनले ९ रन बनाएर आउट भए भने जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । मयन यादव २ रनमा अविजित रहे।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा...
बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।
श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर र अमेरिकन अलराउन्डर शेड्ली भान लुम्बिनीमा आबद्ध

श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर र अमेरिकन अलराउन्डर शेड्ली भान लुम्बिनीमा आबद्ध

म्याथ्युज अन्तरराष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् । श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका...
एनपिएलमा कर्णाली याक्सले अनुबन्ध गर्‍यो पाकिस्तानी अलराउन्डर हुसेन तलाट

एनपिएलमा कर्णाली याक्सले अनुबन्ध गर्‍यो पाकिस्तानी अलराउन्डर हुसेन तलाट

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानी राष्ट्रिय टोलीका अलराउन्डर हुसेन तलाटलाई अनुबन्ध गरेको छ ।