नेभिगेशन
सबै कुरा

खेलकुद क्षेत्रकाे विकास गर्न बजेटनै छैन : खेलकुदमन्त्री तेजुलाल चौधरी (भिडियाेसहित)

काठमाडाैँ । खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौती भौतिक पूर्वाधार रहेको बताएका छन् । 


आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले खेलकुद र खेलाडीको बृत्ति विकासका लागि भौतिक पूर्वाधारको अभाव रहेको बताएका हुन् । युवा तथा खेलकुद मन्त्रालयको बजेट नगरपालिकाको भन्दापनि कम हुँदा काम गर्न नसकिएको उनको भनाइ छ ।

मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला, कीर्तिपुर रङ्गशालामा गरी कूल १२ अर्बभन्दा बढीको लागत लाग्ने उल्लेख गरे । त्यस्तै, सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो देखिएको पनि उनले बताए । मन्त्री चौधरीले खेलाडीहरुको बृत्तिविकास, मनोबल उच्च बनाउन र खेलाडीहरुको आर्थिक आर्जनका लागि नीतिगत निर्णय गर्ने प्रतिवद्धता जनाए । 

साक्षात्कारमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भौतिक संरचनाको अभावमा सोचेअनुरुप खेल र खेलाडीको विकास हुन नसकेको बताए । क्रिकेटका लागि टीयू मैदानको पूर्वाधारले मात्रै नधान्ने र अन्य पूर्वाधारको विकार कछुवाको गतिमा भइरहेको उनले बताए । उनले मुलपानी, गौतमबुद्धलगायतका राष्ट्रिय गौरवको आयोजनाको काम कछुवाको गतिमा भइरहेको उल्लेख गरे ।

नेपाल प्रिमियर लिग (एनपीएल) को व्यवस्थापकको रुपमा क्यान सफल भएको उनले बताए । क्रिकेट र खेलाडीको विकासका लागि बजेट व्यवस्थापन गरिदिन उनले खेलकुदमन्त्री तेजुलाल चौधरीको ध्यानाकार्षण गराए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...