नेभिगेशन
समाज

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको तिथिमा श्राद्ध गर्नुपर्ने

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्ने हुन्छ। प्रतिपदा तिथिको श्राद्ध अपराह्नपछि गर्नुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले बताएका छन्।

Ncell
Extreme Energy

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवंगत पितृलाई तर्पण, सिदादान तथा पिण्डदानसहित श्रद्धापूर्वक सम्झिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ। यस अवधिलाई पितृ पक्ष, अपर पक्ष वा प्रेत पक्षसमेत भनिन्छ।

वैदिक सनातन परम्पराअनुसार चाडपर्व, यज्ञयागादि तथा ठूला धार्मिक कार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झिने चलन छ। सोह्र श्राद्धका बेला पितृ आफ्ना सन्तानबाट गरिने श्राद्धको अपेक्षामा रहने धार्मिक मान्यता छ।

सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्। उनका अनुसार सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था छ।

सोह्र श्राद्ध आफ्ना दिवंगत पिताको तिथिमा गर्नुपर्ने विधान रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएको अवस्थाबाहेक सोह्र श्राद्ध छाड्न नहुने उनीहरूको भनाइ छ।

कारणवश सम्बन्धित तिथिमा श्राद्ध गर्न नसकेका लागि शास्त्रमा वैकल्पिक व्यवस्था पनि गरिएको छ। धर्मशास्त्रविद् भट्टराईका अनुसार आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म आपत् धर्मअनुसार रोकिएको श्राद्ध गर्न सकिन्छ।

त्यस अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने व्यवस्था छ। कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिए वृश्चिक सङ्क्रान्तिसम्म अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने उल्लेख धर्मसिन्धुमा रहेको छ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र तथा व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने विकल्पसमेत धर्मशास्त्रमा रहेको भट्टराईले बताए।

त्यसपछि पनि श्राद्ध गर्न नसके सक्नेले आफैँ र नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्ने विकल्प रहेको उनले बताए। यस्तो विधि १० महिनासम्म गर्नुपर्ने र यसबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको उनको भनाइ छ।

धर्मशास्त्रविद्हरूले पिताको तिथिका दिन अपराह्नकालमा श्राद्ध गर्नुपर्नेमा कतिपय पुरोहितले आफ्नो सुविधाअनुसार बिहानै श्राद्ध गर्न सुझाव दिने गरेको पाइए पनि त्यो शास्त्रसम्मत नभएको बताएका छन्।

पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने वैदिक सनातनी परम्परा रहेको छ।

यस वर्ष जेठ महिनामा अधिकमास परेकाले सोह्र श्राद्ध र बडादसैँलगायतका पर्व केही ढिलो सुरु भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।