नेभिगेशन
समाज

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि यूएईको स्थायी नियोगमा भेटवार्ता भएको हो ।

Ncell
Extreme Energy

भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा जलवायुजन्य विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि यूएई सरकार र जनताले व्यक्त गरेको सहानुभूति र ऐक्यबद्धताका साथै प्रदान गरेको महत्वपूर्ण मानवीय सहयोगप्रति नेपाल र नेपाली जनताकाे तर्फबाट प्रशंसा र आभार व्यक्त गरे । 

परराष्ट्रमन्त्री खनालले नेपालकाे बाढी प्रभावित समुदायका लागि थप २५ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने यूएईको पछिल्लो प्रतिबद्धताप्रति समेत धन्यवाद व्यक्त गरे ।

दुवै नेताले आपसी हितका विषयमा रचनात्मक छलफल गर्दै पारस्परिक लाभका क्षेत्रमा नेपाल-यूएईबीचको निकट तथा सहकार्यात्मक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । 

भेटमा श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी तथा संयुक्त राष्ट्रसंघअन्तर्गत बहुपक्षीय सहकार्यलगायतका विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

अविरल वर्षाकाे कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खाेला पुल माथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

लगातारको वर्षाका कारण मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत तीन ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।
चारदिने झरीले देशभर कहाँकहाँ केके गर्‍यो ?

चारदिने झरीले देशभर कहाँकहाँ केके गर्‍यो ?

चार दिनदेखि लगातार परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या देखिएको छ।
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।