नेभिगेशन
सबै कुरा

एफवान सफ्टको खाताको साढे ३ करोड रुपैयाँ हुण्डीको रकम तिर्न प्रयोग, तीन महिना देखि घटना गुपचुप

काठमाडौँ । नेपालका अधिकांश बैंकहरुको अति संवेदनशिल आन्तरिक सूचना प्रविधि सेवा प्रदायक कम्पनी एफवान सफ्टको खाताको रकम शङ्कास्पद दुरुपयोग भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झण्डै तीन महिना अघि उक्त कम्पनीको बैंक खातामा रहेको करिब साढे तीन करोड रुपैयाँ नेपालका विभिन्न व्यक्तिको खातामा हुण्डीको रकम तिर्न प्रयोग भएको पाइएको छ ।

Ncell
Extreme Energy

स्रोतकाअनुसार सिटिजन्स बैंक इन्टरनेशनलमा रहेको सो खाताबाट इन्टरनेट बैकिङ प्रणालीमार्फत सो रकम भुक्तानी भएको हो । इन्टरनेट बैकिङ प्रणाली एफवान सफ्टले नै निर्माण गरेको सफ्टवेयर हो ।  


यत्ति ठूलो रकम अपचलन भएको तीन महिना बित्दा पनि एफवान सफ्टले घटनाबारे सार्वजनिक रुपमा कुनै सूचना प्रवाह गरेको छैन् । नेपालका पाँच दर्जन बढी बैंक तथा वित्तिय संस्थाले एफवान सफ्टको फोनपे र इन्टरनेट बैङ्किङ सेवा लिइरहेका छन् ।

यस्तै, सोही कम्पनीको इसेवा वालेट र इसेवा मनी ट्रान्सफरसमेत गरेर लाखौँ ग्राहक एफवान सफ्टसँग जोडिएका छन् । तर, आफ्नो विश्वसनीयतामै प्रश्न उठ्न सक्ने जोखिमका कारण एफवान सफ्टले घटना गुपचुप पारेको आशङ्का गरिएको छ । 

यता सिटिजन्स बैंक इन्टरनेशनलले भने एफवान सफ्टको खाताको रकम अनधिकृत रुपमा अन्य खातामा ट्रान्सफर भएको पुष्टि गरेको छ। सिटिजन्स बैंकका सूचना अधिकारी नारायणराज अधिकारीले घटना तीन महिना अघिको भएको सिधाकुरालाई बताए । 

‘एफवान सफ्टको कर्पोरेट खाताको रकम अपचलन भएको हो,’ अधिकारीले भने,‘यो प्रकरणमा बैंकलाई जोडेर प्रचार प्रसार भइरहेको पाइएको छ । यसमा बैंकको कुनै भूमिका र कमजोरी छैन्  । ’

बैंककाअनुसार एफवान सफ्टले बैंकबाट कर्पोरेट खाता सञ्चालनका लागि लिएको युजरबाटै सो सारिएको छ । सो खाताको युजर नाम र पासवर्ड खाता सञ्चालकलाई बैंकले उपलब्ध गराएको थियो । सोही युजर र पासवर्डको प्रयोग गरेर इन्टरनेट बैकिङमार्फत रकम स्थानान्तरण भएका कारण बैंक यसमा जवाफ देही नहुने अधिकारीले बताए ।


यो प्रकरणमा तेस्रो पक्ष र ह्याकर प्रयोग नभएको पनि बैंकले प्रष्टयाएको छ । ‘यो प्रकरणमा तेस्रो पक्ष सहभागी भएको देखिदैंन,’ सिटिजन्स बैंकका सूचना अधिकारी नारायण अधिकारीले भने । 

प्रहरीले ढिलोगरी भए पनि सो घटनामा अनुसन्धान अघि बढाएको छ । प्रहरीको साइबर अपराध ब्यूरोले घटनाको अनुसन्धान भइरहेको पुष्टि गर्यो।

‘एफवान सफ्टको घटना अलि पहिले भएको रहेको छ । हामी अनुसन्धानको चरणमा छौँ,’ ब्युरोका सूचना अधिकारी दीपक अवस्थीले सिधाकुरासँग भने । 

घटनाको अनुसन्धान गरिरहेका अनुसन्धान अधिकारीहरुकाअनुसार सो रकम धेरै खाताहरुमा पठाइएको भेटिएको छ । अहिले प्रहरीले ति खाता वालाहरू बोलाउँदै बयान र कागज गराई रहेको छ ।

‘खाताबाट कुल ३ करोड ४२ लाख रुपैयाँ नेपालमा रहेको व्यक्तिहरूको खातामा हुण्डीको रकम भुक्तानीमा पटक पटक गरेर ट्रान्सफर भएको देखिन्छ,’ स्रोतले भन्यो, ‘यो काम एफवान सफ्टले बैंकबाट पाएको कर्पोरेट युजर र पासवर्डबाटै भएको छ ।’ 

आफ्नो प्रणालीबाटै रकम हिनमिना भएको भित्रभित्रै लुकाएको एफवान सफ्टले यसै साता खुसुक्क आफ्नो सुरक्षा प्रणाली अपग्रेड ग¥यो । कम्पनीको सेवाहरु फोनपे र इसेवाको आइतबार बिहानको राती डिजास्टर रिकभरी ड्रील गरेको ति सेवा प्रदायकहरुले सूचना जारी गरेका छन् ।  


त्यस अघि शुक्रबार दिउँसो यी दुवै कम्पनीले आफ्ना ग्राहक र सेवा प्रदायकलाई एक सूचना पठाएर डिजास्टर रिकभरी ड्रील गर्ने भनेको थियो । सोहीअनुसार आइतबार रातिको १ बजेदेखि ४ः३० सम्म फोन पे  र १ देखि ५ बजेसम्म  इसेवाको रिकभरी ड्रील गरिएको थियो । ‘आफ्नो सेवाहरुलाई सुरक्षित र अबझ विश्वसनीय बनाउन यस्तो ड्रिल गरिएको हो । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ,’ इसेवा र फोन पे ले सूचनामा भनेका छन् । 

साढे तीन करोड रुपैयाँ खाताबाट अपचलन हुनु र प्रणालीको सुरक्षा सुदृढ गरिनु एकै पटक हुनुले एफवान सफ्टको प्रणालीमाथिको विश्वसनियतामा प्रश्न उब्जिएको छ । 


तर, यसबारे यसका जिम्मेवार अधिकारीहरु बोल्नबाट पन्छिइरहेका छन् । एपवान सफ्टको घटनाबारे बुझ्न हामीले यसका अध्यक्ष विश्वास ढकाललाई पटक पटक फोन गरेका थियौँ । तर, उनी सम्पर्कमा आएनन् । उनले हामीले विषय खुलाएर पठाएको म्यासेजको पनि कुनै जवाफ दिएनन् । 

सूचना प्रविधि विज्ञ राजिब सुब्बा एफवान सफ्टको डिजास्टर रिकभरीलाई सुरक्षालाई केन्द्रित गर्दै गरिएको हुन सक्ने आँकलन गर्छन् । सामान्यतया सूचना प्रविधि क्षेत्रमा डिजास्टर रिकभरी भन्नाले बिजनेश कन्टिन्यु प्लानिङको रुपमा बुझ्नु पर्ने उनको भनाई छ।

‘कम्पनीको प्रणालीबाट रकम हराएको घटना बाहिरिनु र डिजास्टर रिकभरी ड्रिल गर्नु संयोग मात्रै नहुन पनि सक्छ,’ सुब्बाले भने । कतिपय अवस्थामा आफ्नो प्रणालीको लुप होल थापा पाउन, त्यसलाई अनुसन्धानको दायरामा ल्याउनका लागि फुट प्रिन्ट थापा पाउन पनि यस्तो गरिने उनको भनाई छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...