नेभिगेशन
सबै कुरा

एफवान सफ्टको खाताको साढे ३ करोड रुपैयाँ हुण्डीको रकम तिर्न प्रयोग, तीन महिना देखि घटना गुपचुप

काठमाडौँ । नेपालका अधिकांश बैंकहरुको अति संवेदनशिल आन्तरिक सूचना प्रविधि सेवा प्रदायक कम्पनी एफवान सफ्टको खाताको रकम शङ्कास्पद दुरुपयोग भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झण्डै तीन महिना अघि उक्त कम्पनीको बैंक खातामा रहेको करिब साढे तीन करोड रुपैयाँ नेपालका विभिन्न व्यक्तिको खातामा हुण्डीको रकम तिर्न प्रयोग भएको पाइएको छ ।

स्रोतकाअनुसार सिटिजन्स बैंक इन्टरनेशनलमा रहेको सो खाताबाट इन्टरनेट बैकिङ प्रणालीमार्फत सो रकम भुक्तानी भएको हो । इन्टरनेट बैकिङ प्रणाली एफवान सफ्टले नै निर्माण गरेको सफ्टवेयर हो ।  


यत्ति ठूलो रकम अपचलन भएको तीन महिना बित्दा पनि एफवान सफ्टले घटनाबारे सार्वजनिक रुपमा कुनै सूचना प्रवाह गरेको छैन् । नेपालका पाँच दर्जन बढी बैंक तथा वित्तिय संस्थाले एफवान सफ्टको फोनपे र इन्टरनेट बैङ्किङ सेवा लिइरहेका छन् ।

यस्तै, सोही कम्पनीको इसेवा वालेट र इसेवा मनी ट्रान्सफरसमेत गरेर लाखौँ ग्राहक एफवान सफ्टसँग जोडिएका छन् । तर, आफ्नो विश्वसनीयतामै प्रश्न उठ्न सक्ने जोखिमका कारण एफवान सफ्टले घटना गुपचुप पारेको आशङ्का गरिएको छ । 

यता सिटिजन्स बैंक इन्टरनेशनलले भने एफवान सफ्टको खाताको रकम अनधिकृत रुपमा अन्य खातामा ट्रान्सफर भएको पुष्टि गरेको छ। सिटिजन्स बैंकका सूचना अधिकारी नारायणराज अधिकारीले घटना तीन महिना अघिको भएको सिधाकुरालाई बताए । 

‘एफवान सफ्टको कर्पोरेट खाताको रकम अपचलन भएको हो,’ अधिकारीले भने,‘यो प्रकरणमा बैंकलाई जोडेर प्रचार प्रसार भइरहेको पाइएको छ । यसमा बैंकको कुनै भूमिका र कमजोरी छैन्  । ’

बैंककाअनुसार एफवान सफ्टले बैंकबाट कर्पोरेट खाता सञ्चालनका लागि लिएको युजरबाटै सो सारिएको छ । सो खाताको युजर नाम र पासवर्ड खाता सञ्चालकलाई बैंकले उपलब्ध गराएको थियो । सोही युजर र पासवर्डको प्रयोग गरेर इन्टरनेट बैकिङमार्फत रकम स्थानान्तरण भएका कारण बैंक यसमा जवाफ देही नहुने अधिकारीले बताए ।


यो प्रकरणमा तेस्रो पक्ष र ह्याकर प्रयोग नभएको पनि बैंकले प्रष्टयाएको छ । ‘यो प्रकरणमा तेस्रो पक्ष सहभागी भएको देखिदैंन,’ सिटिजन्स बैंकका सूचना अधिकारी नारायण अधिकारीले भने । 

प्रहरीले ढिलोगरी भए पनि सो घटनामा अनुसन्धान अघि बढाएको छ । प्रहरीको साइबर अपराध ब्यूरोले घटनाको अनुसन्धान भइरहेको पुष्टि गर्यो।

‘एफवान सफ्टको घटना अलि पहिले भएको रहेको छ । हामी अनुसन्धानको चरणमा छौँ,’ ब्युरोका सूचना अधिकारी दीपक अवस्थीले सिधाकुरासँग भने । 

घटनाको अनुसन्धान गरिरहेका अनुसन्धान अधिकारीहरुकाअनुसार सो रकम धेरै खाताहरुमा पठाइएको भेटिएको छ । अहिले प्रहरीले ति खाता वालाहरू बोलाउँदै बयान र कागज गराई रहेको छ ।

‘खाताबाट कुल ३ करोड ४२ लाख रुपैयाँ नेपालमा रहेको व्यक्तिहरूको खातामा हुण्डीको रकम भुक्तानीमा पटक पटक गरेर ट्रान्सफर भएको देखिन्छ,’ स्रोतले भन्यो, ‘यो काम एफवान सफ्टले बैंकबाट पाएको कर्पोरेट युजर र पासवर्डबाटै भएको छ ।’ 

आफ्नो प्रणालीबाटै रकम हिनमिना भएको भित्रभित्रै लुकाएको एफवान सफ्टले यसै साता खुसुक्क आफ्नो सुरक्षा प्रणाली अपग्रेड ग¥यो । कम्पनीको सेवाहरु फोनपे र इसेवाको आइतबार बिहानको राती डिजास्टर रिकभरी ड्रील गरेको ति सेवा प्रदायकहरुले सूचना जारी गरेका छन् ।  


त्यस अघि शुक्रबार दिउँसो यी दुवै कम्पनीले आफ्ना ग्राहक र सेवा प्रदायकलाई एक सूचना पठाएर डिजास्टर रिकभरी ड्रील गर्ने भनेको थियो । सोहीअनुसार आइतबार रातिको १ बजेदेखि ४ः३० सम्म फोन पे  र १ देखि ५ बजेसम्म  इसेवाको रिकभरी ड्रील गरिएको थियो । ‘आफ्नो सेवाहरुलाई सुरक्षित र अबझ विश्वसनीय बनाउन यस्तो ड्रिल गरिएको हो । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ,’ इसेवा र फोन पे ले सूचनामा भनेका छन् । 

साढे तीन करोड रुपैयाँ खाताबाट अपचलन हुनु र प्रणालीको सुरक्षा सुदृढ गरिनु एकै पटक हुनुले एफवान सफ्टको प्रणालीमाथिको विश्वसनियतामा प्रश्न उब्जिएको छ । 


तर, यसबारे यसका जिम्मेवार अधिकारीहरु बोल्नबाट पन्छिइरहेका छन् । एपवान सफ्टको घटनाबारे बुझ्न हामीले यसका अध्यक्ष विश्वास ढकाललाई पटक पटक फोन गरेका थियौँ । तर, उनी सम्पर्कमा आएनन् । उनले हामीले विषय खुलाएर पठाएको म्यासेजको पनि कुनै जवाफ दिएनन् । 

सूचना प्रविधि विज्ञ राजिब सुब्बा एफवान सफ्टको डिजास्टर रिकभरीलाई सुरक्षालाई केन्द्रित गर्दै गरिएको हुन सक्ने आँकलन गर्छन् । सामान्यतया सूचना प्रविधि क्षेत्रमा डिजास्टर रिकभरी भन्नाले बिजनेश कन्टिन्यु प्लानिङको रुपमा बुझ्नु पर्ने उनको भनाई छ।

‘कम्पनीको प्रणालीबाट रकम हराएको घटना बाहिरिनु र डिजास्टर रिकभरी ड्रिल गर्नु संयोग मात्रै नहुन पनि सक्छ,’ सुब्बाले भने । कतिपय अवस्थामा आफ्नो प्रणालीको लुप होल थापा पाउन, त्यसलाई अनुसन्धानको दायरामा ल्याउनका लागि फुट प्रिन्ट थापा पाउन पनि यस्तो गरिने उनको भनाई छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाइक–स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक–स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

यो विशेष क्याम्पेन मार्च १३, १४ र १५, २०२६ मा देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित...
काठमाडौँको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, ओपनिङको अवसरमा सम्पूर्ण उत्पादनमा १०% विशेष छुट

काठमाडौँको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, ओपनिङको अवसरमा सम्पूर्ण उत्पादनमा १०% विशेष छुट

यसअघि काठमाडौँको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कपनमा दोस्रो शाखा विस्तार गरेको हो कम्पनीले जनाएको छ ।
‘देशको गहना’ साम्बाको कठिन घडीमा भायानेटको साथ, उपचारका लागि ५ लाख सहयोग प्रतिबद्ध

‘देशको गहना’ साम्बाको कठिन घडीमा भायानेटको साथ, उपचारका लागि ५ लाख सहयोग प्रतिबद्ध

यस कठिन समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन ले आफ्नी ब्रान्ड एम्बेसडर साम्बाको उपचार तथा पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले उनको शल्यक्रिया...
सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

कम्पनीले गत मंसिर २९ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन गरेको यस विशेष वर्ल्डकप लक्षित योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त समयावधिमा सिजी इलेक्ट्रोनिक्स अन्तर्गतका विश्वप्रख्यात ब्रान्डहरू एलजी,...