नेभिगेशन
सबै कुरा

कास्की अदालतमा रवि लामिछानेको बयान सुरु

काठमाडौँ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ । 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएपछि सरकारी वकिल कार्यालयले आइतबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । तर अन्य प्रतिवादीको बयान भइरहेका कारण लामिछानेको बयान रोकिएपनि आज भने उनको बयान सुरु भएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रवि लामिछानेविरुद्ध सहकारी ठगीमा ३ करोड ३७ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दर्ता गरेको छ । 

सहकारीको रकम गोर्खा मिडियामा आउनुमा सङ्गठित रुपमा जिबी राईसँग मिलेर काम गरेको भन्दै रविसहितका प्रतिवादी विरुद्ध सङ्गठित अपराध गरेको आरोप लगाइएको छ । सङ्गठित अपराध गरेर सम्पत्ति शुद्धिकरण गरिएको भन्दै लामिछानेको हकमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ नै बिगो कायम गरिएको छ ।

सो मुद्दाको थुनछेक बहसअघि अदालतमा प्रतिवादीहरुको बयान चलिरहेको छ । 

कास्की अदालतले यसअघि नै सोही कसुरमा छविलाल जोशी र लिला पछाईको बयान लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...