नेभिगेशन
समाज

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षापछि देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद् जोखिम न्यूनीकरणका लागि सरकारले गरेको पूर्वतयारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बद्ध निकायले गरिरहेको खोज, उद्धार र राहत कार्यप्रति रास्वपाले आभार व्यक्त गरेको छ।

Ncell
Extreme Energy

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि उसले अपिल गरेको छ।

रास्वपाले प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकको खोजी र घाइतेको उपचारलाई थप तीव्रता दिन सरकारसँग आग्रह गरेको छ। साथै, अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन तथा घरबारविहीन नागरिकका लागि सुरक्षित आवास र पुनर्स्थापनाको काममा ढिलाइ नगर्न तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ।
विपद्को अवस्थामा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा सेवामा खटिन रास्वपाले पार्टीका नेता, सदस्य, शुभचिन्तक, र्‍यापिड एक्सन टिमलगायत सर्वसाधारणलाई आह्वान गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नदीमा बनेको अवरोध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले दुवै नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।