नेभिगेशन
समाज

हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

काठमाडौं । हिमलुङ हिमालमा भएको हिमपहिरोमा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला परेको नेपाल नेसनल माउन्टेन गाइड्स एसोसिएसन (एनएनएमजीए) ले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्रिय माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार उद्धार टोलीका मिङ्मा जी, पासाङ काजी शेर्पा, आशीष गुरुङ र पेम्बा छिरिङ शेर्पा प्रभु हेलिकप्टरमार्फत दुर्घटनास्थल पुगेका छन्। टोलीले घटनास्थलमा खोज तथा उद्धार सुरु गरिसकेको छ।

Ncell
Extreme Energy

थप चार जना उद्धारकर्मी पनि हिमलुङ आधार शिविरतर्फ जान विमानस्थल पुगेका छन्।

मृत्यु भएका दुवै गाइडका परिवार तथा आफन्तप्रति एनएनएमजीएले समवेदना व्यक्त गरेको छ। बेपत्ता १४ जना किचन स्टाफको खोजी तथा उद्धार कार्य भने जारी रहेको एसोसिएसनले जनाएको छ।

तस्बिर : एनएनएमजीए

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ।
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।
कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि आवतजावत ठप्प भएको छ।
बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

अविरल वर्षापछि बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक सञ्चालनका लागि फौज परिचालन गरेको छ।