नेभिगेशन
सबै कुरा

बालबालिकाहरुलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन खेलकुदमन्त्रीकाे सुझाव

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरुलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले बालबालिकाहरुमा मोवाइल धेरै हेर्ने समस्या देखिएकाले केहि समय खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका हुन् । ‘छोराछोरीलाई पढाईका साथसाथै कम्तीमा पनि हप्ताको २/३ घण्टा खेलकुदमा लगाइदिन म अनुरोघ गर्छु । तपाईँका छोराछोरीको इच्छाअनुसारको खेलमा तपाईँले लगाउन सक्नुभएको छ भने बालबालिकाको पढाईको स्तर उठ्छ । मेन्टल, फिजिकलसँगै बालबालिका नकरात्मक दिशातर्फ जाँदेनन् ।’, मन्त्री चौधरीले भने । 

Ncell
Extreme Energy

उनले बालबालिकाहरु खेलकुद लगाएत रचनात्मक क्षेत्रमा लगाउन सके बढ्ने र अन्य गतिविधिमा पनि रुची बढ्ने जिकिर गरे । मन्त्री चौधरीले बालबालिकाहरुको रुची अनुसारको काम गर्न अभिभावकले प्रेरित गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय स्तरको ह्याण्डराइटिङ प्रतियोगीतामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...