नेभिगेशन
सबै कुरा

बालबालिकाहरुलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन खेलकुदमन्त्रीकाे सुझाव

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरुलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका छन् । 

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले बालबालिकाहरुमा मोवाइल धेरै हेर्ने समस्या देखिएकाले केहि समय खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका हुन् । ‘छोराछोरीलाई पढाईका साथसाथै कम्तीमा पनि हप्ताको २/३ घण्टा खेलकुदमा लगाइदिन म अनुरोघ गर्छु । तपाईँका छोराछोरीको इच्छाअनुसारको खेलमा तपाईँले लगाउन सक्नुभएको छ भने बालबालिकाको पढाईको स्तर उठ्छ । मेन्टल, फिजिकलसँगै बालबालिका नकरात्मक दिशातर्फ जाँदेनन् ।’, मन्त्री चौधरीले भने । 

City Express

उनले बालबालिकाहरु खेलकुद लगाएत रचनात्मक क्षेत्रमा लगाउन सके बढ्ने र अन्य गतिविधिमा पनि रुची बढ्ने जिकिर गरे । मन्त्री चौधरीले बालबालिकाहरुको रुची अनुसारको काम गर्न अभिभावकले प्रेरित गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय स्तरको ह्याण्डराइटिङ प्रतियोगीतामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।