नेभिगेशन
सबै कुरा

शोभा पाठकलाई साधारण तारेखमा छोड्न काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतसँग नाम जोडिएकी विवादित महिला शोभा पाठक उर्फ जानुका पाठकलाई साधारण तारेखमा छोड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत पुष १ गते पक्राउ परेकी उनलाई प्रहरीले साइबर अपराधको कसुरमा मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले पाठकलाई साधारण तारेखमा छोड्न बिहीबार आदेश दिएको हो ।

Ncell
Extreme Energy

महेश र शोभाको मुद्दा मिलाउन त्रिपाठीको इन्ट्री, अन्त्यमा दुई बीच नै झगडा

पाठकले आफू र महेश बस्नेत बीचको विवाद मिलाउन बुबा नाता लगाएर आएका राजकुमार त्रिपाठीले विश्वासघात गरेको भन्दै फेसबुकबाट त्रिपाठीलाई गाली गरेकी थिइन् । 

पाठकले आफ्नो बेइज्जत गरेको भन्दै त्रिपाठीले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा पाठक पुष १ मा पक्राउ परेकी थिइन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...

भर्खरै