नेभिगेशन
सबै कुरा

शोभा पाठकलाई साधारण तारेखमा छोड्न काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतसँग नाम जोडिएकी विवादित महिला शोभा पाठक उर्फ जानुका पाठकलाई साधारण तारेखमा छोड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत पुष १ गते पक्राउ परेकी उनलाई प्रहरीले साइबर अपराधको कसुरमा मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले पाठकलाई साधारण तारेखमा छोड्न बिहीबार आदेश दिएको हो ।

Ncell
Extreme Energy

महेश र शोभाको मुद्दा मिलाउन त्रिपाठीको इन्ट्री, अन्त्यमा दुई बीच नै झगडा

पाठकले आफू र महेश बस्नेत बीचको विवाद मिलाउन बुबा नाता लगाएर आएका राजकुमार त्रिपाठीले विश्वासघात गरेको भन्दै फेसबुकबाट त्रिपाठीलाई गाली गरेकी थिइन् । 

पाठकले आफ्नो बेइज्जत गरेको भन्दै त्रिपाठीले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा पाठक पुष १ मा पक्राउ परेकी थिइन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...