नेभिगेशन
सबै कुरा

आज युद्धग्रस्त इजरायलबाट नेपाली विद्यार्थी स्वदेश ल्याइँदै, राति ९ बजे नेपाल आइपुग्ने 

युद्धग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको विमान इजरायल गएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल वायुसेवा निगमको  वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको हो ।

Ncell
Extreme Energy

दुबई ट्रान्जिट हुँदै इजरायल पुगेको आजै राति ९ बजे नेपाल फर्किने छ । युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फाराम भरेका छन् ।

तर आज भने २५४ जना विद्यार्थीलाई नेपाल फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै अन्य उडानमा आउन चाहने नेपालीको भाडा समेत सरकारले तिर्ने बताइएको छ ।

आजको उडानमा आउन नसकेको विद्यार्थीलाई तत्कालै अर्को उडानबाट ल्याइने मन्त्रालयले जनाएको छ ।

जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन् ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने अन्यले बङ्करमा लुकेर ज्यान जोगाएका थिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।