नेभिगेशन
सबै कुरा

नेप्से परिसूचक ३३ अङ्कले घट्यो, वित्त कम्पनीको शेयर मूल्यमा उच्च गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० बिन्दुमा कायम भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीन सय आठ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार बराबरको कारोबार भएको छ ।

Ncell
Extreme Energy

वित्त कम्पनीको शेयर मूल्यमा आज उच्च अङ्कको गिरावट आएको छ । वित्त समूह पाँच दशमलव १९ प्रतिशतले घटेको हो । त्यस्तै विकास बैंक समूह दुई दशमलव ७७ प्रतिशत र व्यापार समूह दशमलव ९७ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन एक दशमलव ३८, हाइड्रोपावर एक दशमलव ७३, लगानी शून्य दशमलव ०८, जीवन बीमा शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव ५१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ३८ र निर्जीवन बिमा शून्य दशमलव ९५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज शून्य दशमलव ०६ प्रतिशतले बढेको छ ।

सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ०१ प्रतिशतले बढेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू ३५ करोड ९४ लाख ९२ हजार ३४ बराबरको १५ लाख आठ हजार पाँच सय ५७ कित्ता शेयर किनबेच भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव...
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...