नेभिगेशन
समाज

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घटेर दुई हजार ६१८ दशमलव ०३ मा पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८० दशमलव ३९ मा पुगेको छ । 

Marvel
Extreme Energy

सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव १९ अङ्कले   घटेर १५७ दशमलव ८० मा पुगेको छ । विभिन्न कम्पनीका दुई करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर रु छ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ मूल्यमा खरिद बिक्री भएको छ । १३ वटै उपसमूह घटेको छ । 

आज २३ कम्पनीको सेयर बढ्यो भने २५३ कम्पनीको सेयर घट्यो । त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त संस्था र निफ्रा ग्रीन डिबेञ्चरलगायत लगानीकर्ताले कमाएका छन् भने फष्ट माइक्रो फाइनान्स लघुवित्त, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, कालिका लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
१८ करोडको अडियोले कांग्रेसमा तरंग, पार्टी किनबेच भएको देउवाको टिप्पणी

१८ करोडको अडियोले कांग्रेसमा तरंग, पार्टी किनबेच भएको देउवाको टिप्पणी

गत पुस अन्तिम साता भएको कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दियो । निर्वाचन आयोगको निर्णयलाई गत वैशाख ४ गते सर्वोच्चले पनि सदर गरिदियो । विशेष महाधिवेशनबाट निर्वाचित...
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट फर्किए कांग्रेस सहमहामन्त्री शिवाकोटी

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट फर्किए कांग्रेस सहमहामन्त्री शिवाकोटी

शिवाकोटीले फेसबुकमा पनि माफी मागेर लेख्छु भनेपछि लिखित सहमति र माफीपछि छाडिएको साइबर ब्युरोले जनाएको छ। ‘सामाजिक सञ्जालमा रोशन खड्कालाई मात्रै होइन, अरूबारे पनि म भ्रामक कुरा लेख्दिनँ’,...
देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ।