नेभिगेशन
समाज

जटिल प्रसूति समस्यामा परेका चार महिलाको हवाई उद्धार

काठमाडौँ। जटिल प्रसूति समस्यामा परेका चार गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरी सुरक्षित रूपमा अस्पताल पुर्‍याइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उनीहरूको उद्धार गरिएको हो।

Marvel
Extreme Energy

मन्त्रालयका अनुसार कात्तिक २२ गते मुगुको खत्याड गाउँपालिका–९ की २० वर्षीया देवकी खड्कालाई जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हवाई साधनमार्फत कर्णाली प्रदेश अस्पताल, सुर्खेत पुर्‍याइएको छ।

त्यस्तै, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका स्थायी ठेगाना भई हाल हुम्लाको सिमकोटमा बस्दै आएकी २० वर्षीया सरिता बोहराको पनि हवाई उद्धार गरिएको छ। उनलाई समेत थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको मन्त्रालयले जनाएको छ।

यसैगरी, गोरखाको चुमनुब्री गाउँपालिका–३, सिर्दिवासका ३१ वर्षीया सुन्तली गुरुङ र २३ वर्षीया सुप्रिया गुरुङलाई हवाई उद्धार गरी काठमाडौँस्थित प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली ल्याइएको छ।

भौगोलिक विकटता र स्वास्थ्य सेवामा सहज पहुँचको अभावका कारण जटिल प्रसूति अवस्थाबाट गुज्रिरहेका महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रमले जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा, सुरक्षित मातृत्व प्रवर्द्धन तथा आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षा गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
‘भोटे कुकुर’ : भेँडाबाख्राका रक्षक, गोठालाका भरपर्दा सारथि

‘भोटे कुकुर’ : भेँडाबाख्राका रक्षक, गोठालाका भरपर्दा सारथि

घना जङ्गल, अग्ला पहाड र विकट हिमाली भूगोल। महिनौँसम्म गोठमै बिताउनुपर्ने गोठालाको जीवनमा भेँडाबाख्रा जति महत्त्वपूर्ण छन्, त्यति नै अभिन्न छन् भोटे कुकुर।
देवचुलीमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

देवचुलीमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ।
अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित

अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरो पुगेका छन्। सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरीपछि प्रहरीले उनलाई साइबर ब्युरो उपस्थित हुन भनेको थियो। सिवाकोटी आइतबार आफै उपस्थित भएका...