नेभिगेशन
समाज

राष्ट्रिय एकताको सन्देशसहित छठ मनाउन जनकपुर जाँदैछौँ– रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यी पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्।

Marvel
Extreme Energy

लामिछानेले पर्वहरूले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने उल्लेख गरेका छन्।

‘यी पर्वले विविधताबीचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाऊन्,’ उनले शुभकामना सन्देशमा भनेका छन्।

राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको छठ पर्व मनाउन आफूहरू जनकपुरधामस्थित गंगासागरमा उपस्थित हुनेसमेत उनले बताए।

लामिछानेले सबै नेपालीलाई तिहार, नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, एक पक्राउ

दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, एक पक्राउ

दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार गरी कुटपिट गर्दा एकै परिवारका पाँचजना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावतलाई नियन्त्रणमा लिएको छ।
यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

ओमानमा जारी एसिसी यु-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यो खेल ओमानको अलमरात क्रिकेट मैदानमा...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...
राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

बादलको घुम्टो उघारेर नीलो आकाशले धर्ती चियाउँदा राराको सौन्दर्य कुनै स्वप्निल संसारभन्दा कम देखिँदैन।