नेभिगेशन
समाज

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

काठमाडौँ । यमपञ्चकअन्तर्गत आज कुकुर तिहार विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा पनि विशेष कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धान, विस्फोटक पदार्थ तथा हातहतियार पहिचान, खोज तथा उद्धार र आधारभूत अनुशासनसम्बन्धी सीप प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सीमाक्षेत्रमा परिचालन हुने विस्फोटक पदार्थ तथा हातहतियार पहिचान गर्ने कुकुर, अपराधीको खोजीमा प्रयोग हुने ट्र्याकर डग र भूकम्पजस्ता विपद्का बेला भग्नावशेषमा पुरिएका मानिसको खोजी तथा उद्धारमा परिचालन हुने कुकुरले आफ्नो क्षमता प्रस्तुत गरेका थिए। साथै, कुकुरलाई दिइने आधारभूत तालिम र अनुशासनसम्बन्धी अभ्याससमेत प्रदर्शन गरिएको थियो।

Marvel
Extreme Energy

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोजस्ता विपद्मा खोज तथा उद्धार कार्यमा खटिएका थिए। 

भोटेकोशी विपद्का क्रममा तीनवटा कुकुर परिचालन गरी कठिन भौगोलिक अवस्था, हिलो तथा मानिस पुग्न कठिन स्थानमा समेत खोजी गरिएको थियो। उक्त क्रममा कुकुरहरूले २० वटा शव फेला पार्न सहयोग गरेको थापाले जानकारी दिए। कार्यक्रमको अन्त्यमा कुकुरहरूको पूजा गरी टीका, माला लगाइदिनुका साथै मिठा खानेकुरा खुवाएर कुकुर तिहार मनाइएको थियो। मानिसको सुरक्षादेखि अपराध अनुसन्धान र विपद्का बेला खोज तथा उद्धारसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुकुरप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै सशस्त्र प्रहरीले कुकुर तिहार मनाएको हो।

तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

Kukur-Tihar-APF--3213-1794114606.jpg

Kukur-Tihar-APF--3214-1794114604.jpg

Kukur-Tihar-APF--3211-1794114602.jpg

Kukur-Tihar-APF--3203-1794114600.jpg

Kukur-Tihar-APF--3206-1794114598.jpg

Kukur-Tihar-APF--3208-1794114597.jpg

Kukur-Tihar-APF--3199-1794114597.jpg

Kukur-Tihar-APF--3200-1794114595.jpg

Kukur-Tihar-APF--3209-1794114593.jpg

Kukur-Tihar-APF--3212-1794114593.jpg

Kukur-Tihar-APF--3207-1794114591.jpg

Kukur-Tihar-APF--3215-1794114590.jpg

Kukur-Tihar-APF--3204-1794114588.jpg

Kukur-Tihar-APF--3201-1794114585.jpg

Kukur-Tihar-APF--3216-1794114586.jpg

Kukur-Tihar-APF--3202-1794114584.jpg

Kukur-Tihar-APF--3210-1794114582.jpg

Kukur-Tihar-APF--3205-1794114579.jpg

Kukur-Tihar-APF--3218-1794114579.jpg

Kukur-Tihar-APF--3217-1794114578.jpg

Kukur-Tihar-APF--3219-1794114578.jpg

Kukur-Tihar-APF--3220-1794114578.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ ।
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र...