नेभिगेशन
समाज

यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

काठमाडौँ । ओमानमा जारी एसिसी यु-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यो खेल ओमानको अलमरात क्रिकेट मैदानमा भइरहेको हो । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालले पहिलो खेलमा भारतविरुद्ध १० विकेटको फराकिलो हार व्यहोरेको थियो । नेपाल आज युएईलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्ने योजनामा छ । उता युएई पनि नेपाललाई हराएर जितको खाता खोल्ने योजनामा छ । उसले पहिलो खेलमा पाकिस्तानविरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो ।

Marvel
Extreme Energy

युएईसँगको पछिल्लो पाँच खेलमध्ये नेपालले चार खेलमा जित निकालेको छ । नेपाल र युएईबीचका अन्तिमपटक सन् २०१९ मा प्रतिस्पर्धा भएको थियो । उक्त एसिया कप खेलमा नेपालले युएईलाई १६० रनले हराएको थियो । नेपाल आज पनि सोही इतिहास दोहोर्‍याउने लक्ष्यमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...
राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

बादलको घुम्टो उघारेर नीलो आकाशले धर्ती चियाउँदा राराको सौन्दर्य कुनै स्वप्निल संसारभन्दा कम देखिँदैन।
भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

भाइटीकाको दिन नेपालको पूर्वी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कमजोर पश्चिमी वायुको प्रभाव र बंगालको खाडीबाट भित्रिन सक्ने जलवाष्पका कारण पूर्वी नेपालका केही क्षेत्रमा...
तस्बिरकी लक्ष्मी मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि सम्मान गरौँ : मुख्यमन्त्री थापा मगर

तस्बिरकी लक्ष्मी मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि सम्मान गरौँ : मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लक्ष्मीपूजालाई महिला सम्मान र नारी शक्तिको महत्त्वसँग जोड्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै आदर र सम्मान गर्न आग्रह गरेका छन्...