नेभिगेशन
समाज

दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, एक पक्राउ

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार गरी कुटपिट गर्दा एकै परिवारका पाँचजना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावतलाई नियन्त्रणमा लिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार २०८३ कात्तिक २२ गते बिहान करिब ५ बजे रावतले स्थानीय चन्द्रबहादुर पुन मगरको घरमै पुगेर धारिलो हतियार हँसिया प्रहार गरी कुटपिट गरेका थिए।

Marvel
Extreme Energy

घटनामा पुनकी श्रीमती, बुहारी, दुई छोरी र तीन महिनाकी नातिनी घाइते भएका छन्।

घाइतेमध्ये ४५ वर्षीया बिमा मगरको टाउको र अनुहारमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि बिहान ११ः०५ बजे जिल्ला अस्पताल दैलेख पठाइएको छ।

त्यस्तै, पुनकी भाइबुहारी २५ वर्षीया महेसरा पुनका दुवै हत्केला काटिएका छन्। पुनकी २० वर्षीया छोरी लक्ष्मी पुन, २३ वर्षीया छोरी तिला पुन मगर र तिलाकी तीन महिनाकी छोरी जानकी रोक्का मगरको अवस्था मध्यम रहेको छ।

घटनाको खबर पाएपछि बिहान करिब ५ बजे प्रहरी सहायक निरीक्षक लालबहादुर शाहीको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहान ८ः४० बजे इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कडेलको कमाण्डमा नौ सदस्यीय थप प्रहरी टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रिय एकताको सन्देशसहित छठ मनाउन जनकपुर जाँदैछौँ– रवि लामिछाने

राष्ट्रिय एकताको सन्देशसहित छठ मनाउन जनकपुर जाँदैछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

ओमानमा जारी एसिसी यु-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यो खेल ओमानको अलमरात क्रिकेट मैदानमा...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...
राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

बादलको घुम्टो उघारेर नीलो आकाशले धर्ती चियाउँदा राराको सौन्दर्य कुनै स्वप्निल संसारभन्दा कम देखिँदैन।