नेभिगेशन
समाज

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

जुम्ला । मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका–१ स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।

Marvel
Extreme Energy

दुर्घटनामा रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका–१ स्थायी घर भई हाल कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका करिब ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

दुर्घटनामा घाइते भएका छ जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएर उपचार सुरु गरिएको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला जीपमा १६ जना यात्रु सवार थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘भोटे कुकुर’ : भेँडाबाख्राका रक्षक, गोठालाका भरपर्दा सारथि

‘भोटे कुकुर’ : भेँडाबाख्राका रक्षक, गोठालाका भरपर्दा सारथि

घना जङ्गल, अग्ला पहाड र विकट हिमाली भूगोल। महिनौँसम्म गोठमै बिताउनुपर्ने गोठालाको जीवनमा भेँडाबाख्रा जति महत्त्वपूर्ण छन्, त्यति नै अभिन्न छन् भोटे कुकुर।
देवचुलीमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

देवचुलीमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ।
अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित

अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरो पुगेका छन्। सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरीपछि प्रहरीले उनलाई साइबर ब्युरो उपस्थित हुन भनेको थियो। सिवाकोटी आइतबार आफै उपस्थित भएका...