नेभिगेशन
समाज

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट फर्किए कांग्रेस सहमहामन्त्री शिवाकोटी

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र उनीविरुद्ध उजुरी दिने पत्रकार रोशन खड्काबीच साइबर ब्युरोमा सहमति भएको छ । 
ब्युरोले बोलाएपछि आइतबार दिउँसो ब्युरो पुगेका शिवाकोटी र उजुरीकर्ता पत्रकार खड्काबीच अब आइन्दा सामाजिक सञ्जालमा अप्रमाणित विषय नलेख्ने सहमति भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उजुरीकर्ताले साइबर ब्युरोमा उजुरी दिएका थिए । सो क्रममा सहमहामन्त्री शिवाकोटीले पनि सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिएका थिए । 

Marvel
Extreme Energy

जसलाई समाधान गर्नका लागि साइबर ब्युरोले दुवै पक्षलाई आइतबार दिउँसो बोलाएको थियो । दुवै पक्ष अब आइन्दा सामाजिक सञ्जालमा अप्रमाणित कुराहरू नराख्न राजी भएसँगै सहमतिमा निकास निस्केको हो । 

भोलिका दिनमा फेरि कुनै अप्रमाणित कुराहरू दुवै पक्षले राखेका खण्डमा जुनसुकै बेला पनि साइबर ब्युरोले बोलाउन सक्ने छ । 

शिवाकोटीले प्रतिपक्ष दलको नेताका हैसियतमा सरकारले गरेका कामका बारेमा प्रश्न उठाउँदै आएका छन् । सो क्रममा पत्रकार खड्का पनि जोडिएपछि त्यसबारेमासमेत लेखेका थिए । त्यसपछि खड्काले शिवाकोटीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए । 

यसअघि उनलाई गत साता नै साइबर ब्युरोले खोजेको थियो । उनी धार्मिक यात्रामा भारतमा रहेका बेलामासमेत उनलाई साइबर ब्युरोले खोजेको तर सम्पर्क नभएपछि साथीहरूमार्फत उनले ब्युरोले खोजेको खबर पाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ।
यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई

यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई

नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको...
जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।