नेभिगेशन
सबै कुरा

पोखराको प्याराग्लाइडिङ : तोरीपानी क्षेत्रबाट सञ्चालनमा आउने

कास्की :  पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकोमा पछिल्लो समय पूर्ववत स्थानबाट नै सञ्चालन गर्न लागिएको हो । पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावपानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ ।

Ncell
Extreme Energy

अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुङ्गा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ । सुरुआतदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको थियो । 

मान्द्रेढुङ्गाबाट उडान सञ्चालन गर्दा पर्यटक आकर्षित हुन सकेका थिएनन् भने प्याराग्लाइडिङ गर्नेको सङ्ख्यासमेत घटेको छ । नेपाल हवाई खेलकुद संस्था(ना)ले मान्द्रेढुङ्गाबाट हुँदै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा क्षेत्र विस्तार गरी बाहाकोट र तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ गर्ने निर्णय भएको जनाएको छ । 

नाको बुधबार पोखरामा आयोजना गरिएको २० औँ वार्षिक साधारणसभामा नागरिक उड्डयन प्राधिकरण(९क्यान)का विज्ञको सहयोग लिई प्याराग्लाइडिङ उडान क्षेत्र र अवतरण क्षेत्र विस्तार गर्न लागिएको नाका अध्यक्ष सुनिल भट्टराईले बताए। 

क्यानले लामो प्राविधक अध्ययनपछि तोरीपानीसम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमति दिएको बताए ।

पोखरामा दुई दशकअघिदेिख  प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । पर्यटकीय सहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।