नेभिगेशन
सबै कुरा

२०२४ लाई फर्किएर हेर्दा... (तस्विरहरु)

काठमाडाैँ । आजदेखि अंग्रेजी नयाँ यस वर्ष अर्थात् २०२५ सुरु भएको छ । २०२४ अरु वर्षहरुझैँ सामान्य वितेको वर्ष पक्कै हैन् । सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरु हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो वर्ष देशभरि ठुला घटनाहरुको सामना गर्नुपर्यो । बाढीपहिरोले धेरै स्थानहरु तहसनहस बनायो, काठमाडौँ उपत्यका  साथै देशभरि नै ठूलो जनधन को क्षति भयो । 

Ncell
Extreme Energy

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता २ वटा बस बेपत्ता भए जुन आजका मितिसम्म पनि गायब छन् । 

साउन ९ गते त्रिभुवन विमानस्थलमा शौर्य एयरको विमान दुर्घटना भयो जहाँ १८ जनाले ज्यान गुमाए । 

साउन २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौँबाट रसुवाको स्याफ्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना भयो । जहाँ ५ जनाले ज्यान गुमाए । 

असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भयो । 

यस वर्ष नेपालले खेल क्षेत्रमा समेत फड्को मारेको छ । २०२४ मै पेरिस पाराओलम्पिक, २०२४ मा नेपालले पहिलो पदक पायो । नेपाली खेलाडी पलेशा गोवर्द्धनले नेपाललाई पहिलो पदक दिलाइन् । 

कीर्तिमानी तथा प्रख्यात आरोही कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथाको ३० औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे।

नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पाले १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाए ।

त्यस्तै कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यहि वर्ष नयाँ कीर्तिमान बनाए । उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विनाअक्सिजन आरोहण गरिसकेका थिए । शिशापाङ्मा १४औँ हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् ।

फोटो पत्रकार पुर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाइन् । उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन्। श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन्।  

त्यस्तै मंसिर १५ नेपालको क्रिकेट इतिहासमा पहिलोपटक नेपाल प्रिमियर लिगको आयोजना भयो । जुन खेलको अन्तराष्ट्रिय स्तरमा समेत चर्चा भयो ।

यस वर्ष मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरूङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’  भयो भने असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला गरियो ।

कार्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परे । उनलाई नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गर्यो । लामिछानेको यो पक्राउलाई लिएर देशभर आन्दोलन भयो, सरकारको प्रतिशोधको विरोध भयो ।

समुद्री सतहभन्दा ३ हजारदेखि साढे ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा विचरण गर्ने हिउँ चितुवा माघ ९ गते मोरङको उर्लाबारी नगरपालिकामा भेटियो । हिउँ चितुवा फेला परेको उर्लाबारी नगरपालिका वडा नं १ चारघरे क्षेत्र समुद्री सतहभन्दा १३० मिटरको मात्रै उचाइमा छ ।

मंसिर २१ भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकको नेपाल भ्रमणमा आए । वैशाख २३, जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण, वैशाख ११ गते कतारका अमिर (राजा) तमिम विन हमाद अल थानीले नेपालको २ दिने औपचारिक भ्रमण गरे ।

नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनपछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिए । 

रास्वपा सभापति रवि लामिछाने केन्द्रित भएर नेपाली कांग्रेसले गरेको लामो संसद अवरोध पनि यो वर्षको विर्सनलायक घटनामा लिन सकिन्छ । 
















प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान...
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...