नेभिगेशन
सबै कुरा

कवितामार्फत भिम रावलले केपी ओलीलाई सोधे – सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि ?

काठमाडाैँ । नेकपा एमालेबाट निष्कासित भिम रावलले केपी ओलीमाथि कवितामार्फत व्यंग्यात्मक प्रहार गरेका छन् । बुधकार बबरमहलमा पत्रकार सम्मेलन गर्दै रावलले ओलीलाई कवितामार्फत प्रश्न गर्दै आफ्नो कुरा अघि बढाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

यस्तो छ, भिम रावलले केपी ओलिलाई लक्षित गरेर गाएको कविताः 

सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि ?,

गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि ?,

तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन ?,

के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन ।


सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?,

रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ, 

चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा

फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा ?


भनन भन, तृप्ति तिमीलाई कहिले हुने हो ?,

भ्रष्ट आचार बेलगाम कृते असह्य हुने भो,

सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ?,

पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै पो ।


यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौँ,

स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौँ,

नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ,

शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ ।।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।
नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएसपीमा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा सार्वजनिक वेब सेवा प्रभावित भएका छन्। नेपालका...
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति

बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट हुँदा...
बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु

बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। विद्युत् सर्ट भएर बिहीबार बिहान आगलागी भएको प्रारम्भिक विवरण छ।