नेभिगेशन
सबै कुरा

कवितामार्फत भिम रावलले केपी ओलीलाई सोधे – सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि ?

काठमाडाैँ । नेकपा एमालेबाट निष्कासित भिम रावलले केपी ओलीमाथि कवितामार्फत व्यंग्यात्मक प्रहार गरेका छन् । बुधकार बबरमहलमा पत्रकार सम्मेलन गर्दै रावलले ओलीलाई कवितामार्फत प्रश्न गर्दै आफ्नो कुरा अघि बढाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

यस्तो छ, भिम रावलले केपी ओलिलाई लक्षित गरेर गाएको कविताः 

सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि ?,

गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि ?,

तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन ?,

के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन ।


सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?,

रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ, 

चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा

फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा ?


भनन भन, तृप्ति तिमीलाई कहिले हुने हो ?,

भ्रष्ट आचार बेलगाम कृते असह्य हुने भो,

सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ?,

पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै पो ।


यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौँ,

स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौँ,

नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ,

शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ ।।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान...
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...