नेभिगेशन
सबै कुरा

देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलकाे घोषणा

काठमाडाैँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रावलले स्वेच्छाचारी, निरंशुक र तानाशाही निर्णय र कामहरु विरुद्ध तथा राष्ट्र र जनताको हित रक्षा र समृद्धिका लागि मातृभूमि जागरण अभियानका साथ देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका हुन् । अभियान पूर्ण भएपछि त्यसलाई नै पार्टीको रुपमा बिकासित गर्ने उनले बताए । 

Ncell
Extreme Energy

अभियानका क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने रावलको भनाइ छ । पत्रकार सम्मेलनका क्रममा रावलले एमाले अध्यक्ष केपी ओलीप्रति दर्जर्नौ प्रश्न र आरोप लगाए । पार्टीभित्र आफु केपी ओलीको कोपभाजनमा परेको भन्दै उनले आफुलाई स्पष्टीकरण नभइ दोषपत्र थमाइएको जिकिर गरे । 

ओलीसँग छलफलका लागि पटकपटक समय लिन खोजेपनि मिलाउन नसकेको उनले बताए । उनले पार्टी गतिविधिमा ओलीले नै निषेध गरेकाले त्यसको जवाफ पनि ओलीले नै दिनुपर्ने धारणा राखे । रावलले अहिलको सरकारबाट समाजवाद ल्याउने कुरा पत्याउन नसकिने भन्दै ओली सत्ताको दुरुपयोग गरी नव तानाशाह बन्न खोजेको आरोप लगाए । उनले अहिले सत्ताको खेलमा ठूला दल भन्नेहरु सिद्धान्तहीन बन्न पुगेको र भ्रष्टाचारमा संलग्न ठूला व्यक्तिहरुलाई जोगाउने प्रयास भइरहेको बताए । पार्टीका नीति, निर्णय र नेतृत्व विरुद्ध अभिव्यक्ति दिएको भन्नेबारे रावलले एमाले नेताहरुले फैलाइएको हल्ला निराधार र अमूर्त रहेकाले यसले कार्यकर्ता र जनतालाई भ्रमित गर्दै आफु विरुद्ध जनमत सिर्जना गर्ने कुत्सित आशयबाट प्रेरित रहेको तर्क गरे । 

त्यस्तै रावलले संविधानको मार्ग निर्देशन र पार्टीका घोषित कार्यक्रम एवं नीति तथा निर्वाचन घोषणा पत्रमा गरेका प्रतिवद्धताहरु पूरा गर्नेतर्फ कुनै इमान्दार प्रयास नभएको आरोप लगाए । बरु पटक पटक पार्टीभित्र कुनै छलफल नै नगरि ओलीले राजनीतिलाई स्थीर तुल्याउनेतर्फ अग्रसर भएको उनले बताए । उनले पार्टीको दशौँ महाधिवेशनमा धाँधलीका बिभिन्न काम केपी ओलीकै निर्देशनमा भएको जिकिर गरे ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।
नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएसपीमा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा सार्वजनिक वेब सेवा प्रभावित भएका छन्। नेपालका...
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति

बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट हुँदा...
बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु

बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। विद्युत् सर्ट भएर बिहीबार बिहान आगलागी भएको प्रारम्भिक विवरण छ।