नेभिगेशन
सबै कुरा

देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलकाे घोषणा

काठमाडाैँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रावलले स्वेच्छाचारी, निरंशुक र तानाशाही निर्णय र कामहरु विरुद्ध तथा राष्ट्र र जनताको हित रक्षा र समृद्धिका लागि मातृभूमि जागरण अभियानका साथ देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका हुन् । अभियान पूर्ण भएपछि त्यसलाई नै पार्टीको रुपमा बिकासित गर्ने उनले बताए । 

Ncell
Extreme Energy

अभियानका क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने रावलको भनाइ छ । पत्रकार सम्मेलनका क्रममा रावलले एमाले अध्यक्ष केपी ओलीप्रति दर्जर्नौ प्रश्न र आरोप लगाए । पार्टीभित्र आफु केपी ओलीको कोपभाजनमा परेको भन्दै उनले आफुलाई स्पष्टीकरण नभइ दोषपत्र थमाइएको जिकिर गरे । 

ओलीसँग छलफलका लागि पटकपटक समय लिन खोजेपनि मिलाउन नसकेको उनले बताए । उनले पार्टी गतिविधिमा ओलीले नै निषेध गरेकाले त्यसको जवाफ पनि ओलीले नै दिनुपर्ने धारणा राखे । रावलले अहिलको सरकारबाट समाजवाद ल्याउने कुरा पत्याउन नसकिने भन्दै ओली सत्ताको दुरुपयोग गरी नव तानाशाह बन्न खोजेको आरोप लगाए । उनले अहिले सत्ताको खेलमा ठूला दल भन्नेहरु सिद्धान्तहीन बन्न पुगेको र भ्रष्टाचारमा संलग्न ठूला व्यक्तिहरुलाई जोगाउने प्रयास भइरहेको बताए । पार्टीका नीति, निर्णय र नेतृत्व विरुद्ध अभिव्यक्ति दिएको भन्नेबारे रावलले एमाले नेताहरुले फैलाइएको हल्ला निराधार र अमूर्त रहेकाले यसले कार्यकर्ता र जनतालाई भ्रमित गर्दै आफु विरुद्ध जनमत सिर्जना गर्ने कुत्सित आशयबाट प्रेरित रहेको तर्क गरे । 

त्यस्तै रावलले संविधानको मार्ग निर्देशन र पार्टीका घोषित कार्यक्रम एवं नीति तथा निर्वाचन घोषणा पत्रमा गरेका प्रतिवद्धताहरु पूरा गर्नेतर्फ कुनै इमान्दार प्रयास नभएको आरोप लगाए । बरु पटक पटक पार्टीभित्र कुनै छलफल नै नगरि ओलीले राजनीतिलाई स्थीर तुल्याउनेतर्फ अग्रसर भएको उनले बताए । उनले पार्टीको दशौँ महाधिवेशनमा धाँधलीका बिभिन्न काम केपी ओलीकै निर्देशनमा भएको जिकिर गरे ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान...
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...