नेभिगेशन
सबै कुरा

नेपाललाई खबरै नदिई भारतद्वारा अतिक्रमित नेपाली भूमिमा नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी पुगेका छन् । उनी हेलिकप्टरबाट बिहिबार बिहान नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको दर्शन गर्ने जनाइएको छ । 

Ncell
Extreme Energy

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमिको भ्रमण गर्दा नेपाली अधिकारीहरू भने बेखबर भएको पाइएको छ । 

उनले गुञ्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गब्र्याङ र बुदीका स्थानीयहरुसँग भेट तथा छलफल समेत गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

साथै त्यस क्षेत्रमा भारतीय सेना, आइटटीवीपी, एसएसबी र सुरक्षा अधिकारहिरुसँग फोटो सेसनका लागि समय छुट्इएको भारतीय संचारमाध्यमले जनाएका छन् । 

उनी भारतको धार्चुला हुँदै कैलाश पर्वतको दर्शन गर्ने बहानामा नेपालको नक्सामा समेटिएको क्षेत्रमा जान लागेका हुन् । 

मोदीको भ्रमणका विषयमा प्नशासनलाई आधिकारीक जानकारी नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।