नेभिगेशन
सबै कुरा

आहा ! कालिञ्चोक, धर्मकर्मसँगै मनमोहक प्राकृतिक दृश्यावलाेकन (फाेटाेफिचर)

दोलखा । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण छ। विशेषगरी पुस, माघ र फागुनमा हिउँपर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ। यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने मनमोहक प्राकृतिक सौन्दर्यकै कारण केही वर्षदेखि कालिञ्चोक भगवती हिन्दु धर्मावलम्बीका लागि एक प्रसिद्ध तीर्थ स्थलको रूपमा विकास हुँदै गएको छ। समुद्री सतहभन्दा तीन हजार ८ सय ४२ मिटर उचाइमा रहेको यो क्षेत्रमा दुई नदीहरू सुनकोसी र तामाकोसीको मिलनबिन्दुले थप रमणीय बनाएको छ।

Ncell
Extreme Energy

कालिञ्चोकको प्रमुख आकर्षण कालिञ्चोक भगवती तीर्थ नै हो। कालिञ्चोकमा सबैभन्दा उच्च बिन्दुमा रहेको ठाडो पहाडको माथि कालिञ्चोक भगवतीको मन्दिर छ। त्यहाँ आफैँ उत्पन्न भएको शिव–पार्वती कुण्ड मन्दिरको प्रमुख विशेषता हो। यो ठाउँमा लेक लाग्ने भएकाले यात्रुहरूले पहिले नै तयारी भएर जानुपर्छ। किंवदन्ती अनुसार, जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ। मन्दिर परिसरमा परापूर्वकालमा पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको बासस्थान रहेको पुजारीहरु बताउँछन् ।  

केही वर्षदेखि सञ्चालनमा आएको केबलकारको सुविधाले अब भने भगवतीको दर्शन गर्न हिड्नु पर्ने बाध्यता हटेको छ । कुरी बजारबाट करिब १ घण्टाको पैदल दुरीमा रहेको भगवतीको मन्दिर अब भने केबलकारमा जान सकिन्छ । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ ।
व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...