नेभिगेशन
समाज

नेपाल ल्याइयो थप तीन आरोहीको शव

काठमाडौँ । पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ ।

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो । उनीहरुको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साउन १४ मा हिमपहिरोमा परेर उनीहरुसँगै कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’ नवाङ थिन्डु शेर्पासहित ६ नेपाली र अन्य ४ जना गरी १० जनाको निधन भएको थियो ।

Ncell
Extreme Energy

युक्ताको शव साउन २१ मा नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ । निर्मलको परिवार बेलायतमा रहेकाले उनको लन्डनमा अन्त्येष्टि हुनेछ । नवाङको शव भने भौगोलिक कठिनाइका कारण संकलन हुन सकेको छैन । 
तस्बिर नेपाल फोटो लाइब्रेरी 

Nepali-Mountaineer-Bodies_-885-1786453814.jpg

Nepali-Mountaineer-Bodies_-883-1786453813.jpg

Nepali-Mountaineer-Bodies_-876-1786453811.jpg

Nepali-Mountaineer-Bodies_-881-1786453811.jpg

Nepali-Mountaineer-Bodies_-874-1786453809.jpg

Nepali-Mountaineer-Bodies_-875-1786453809.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।