नेभिगेशन
समाज

ग्यासको अभाव नहटेपछि संसदीय समितिले फेरि बोलायो मन्त्री र सचिव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर ग्यासको अभाव कायमै रहेपछि संसदीय समितिले मन्त्री र सचिव डाँकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ग्यास अभाव अन्त्य गर्न सरकार किन चुक्यो भनेर छलफल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव र मन्त्रालयका सचिवलाई बोलाएको हो । 

Ncell
Extreme Energy

अहिले बजारमा ग्यासको चरम अभाव देखिएको छ । हरेक टोलमा ग्यास भर्नका लागि नागरिकहरु लाइन बसिरहेका छन् । लामो समय वितिसक्दा पनि यो अभाव अन्त्य हुन सकेको छैन । 

समितिले यसअघि पनि मन्त्री र सचिव बोलाएर छलफल गरी निर्देशन दिएको थियो । तर अझै सरकारले ग्यासको अभाव र लाइनलाई सम्बोधन गर्न सकेको छैन । 

बैठकमा नजिकिँदै गरेको चाँडपर्वमा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापन सम्बन्धमा पनि छलफल हुने समितिले जनाएको छ । 

समितिको बैठक विहान १० बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सम्बन्धमा संसदीय समितिले छलफल थालेका छन् ।
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट भएको भौतिक क्षति र आवश्यकताको मूल्याङ्कन (आरडिएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन्।