नेभिगेशन
सबै कुरा

समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च

काठमाडौँ । बत्तिस सातामै जन्मिएका जुम्ल्याहा बच्चामध्ये एक जनामा आँखासम्बन्धी समस्या देखियो । चिकित्सकले ती बच्चाहरुलाई ४५ हप्ता नपुगुञ्जेल ‘फलोअप’ गरिराखे । समयमै आँखा जाँच गराइएकाले समस्या जटिल हुन पाएन । हाल यी बच्चा तीन वर्षका भइसकेका छन् । यद्यपि आँखासम्बन्धी समस्या निको नभएकाले पावरवाला चश्मा लगाइरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी सात महिनामै जन्मिएका एक बच्चाको पनि आँखामा समस्या देखियो । बच्चा उमेर छ महिना पुग्दै गर्दा आँखामा सेतो चिह्न देखिन थाल्यो । आँखामा जटिल समस्या देखिएपछि उपचारका लागि केही समय अस्पतालको सघन उपचार कक्षमा राखियो । तर आँखाको पर्दा उप्किसकेकाले बच्चा अन्धोपनको शिकार हुनुप¥यो । 

यी त प्रतिनिधि घटना हुन् । दस महिना नपुगी जन्मने बच्चामा आँखासम्बन्धी समस्या देखिने सम्भावना बढी भएको चिकित्सक बताउँछन् । बाल नेत्ररोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार ती दुवै बच्चाको आँखामा देखिएको समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याचुरिटी’ (आरओप) हो । यो समस्या समय अगावै जन्मिएका नवजात शिशुहरुको आँखामा देखिन सक्छ । समयमै उपचार नगरिए अन्धोपनको सम्भावना भए पनि समयमै उपचार भयो भने निको पनि हुनसक्छ ।

डा अधिकारी भन्छिन्, “९९ प्रतिशत आरओपीमा दुई वटै आँखामा समस्या गराउँछ । समयमा उपचार पाएन भने बच्चा दृष्टिविहीन हुनसक्छन् ।” यसको समस्या बढ्दै गएमा बच्चाको दृष्टि कमजोर हुने, आँखा घुम्ने, सेतो देखिनेलगायतका लक्षण देखिन सक्दछन् । “अभिभावकले बच्चाले अनुहारमा हेरेको जस्तो लाग्दैन भनेर लिएर आउनुहुन्छ । तीन महिना भइसक्दा बच्चामा केही चिजहरु हेर्ने, पछ्याउने गर्छन् । तर आरओपीको समस्या भएका बच्चामा दृष्टि आउँदैन । पर्दा उप्किएर अगाडि आइसकेपछि सेतो देखिन्छ । अनुहार हेरेर नहाँस्ने, कुनै चिज दिँदा नहेर्ने, बत्तीतिर मात्र हेरेर टोलाउनेजस्ता लक्षण देखिन सक्छन् ।”

सामान्यतया बच्चा पेटमा ४० हप्तासम्म बस्छन् । ‘आरओपी’ को जोखिम भने समय अगावै जन्मिएका बच्चामा देखिन्छ । समय अगावै जन्मिएका, दुई केजीभन्दा कम तौल भएका बच्चामा यो समस्या देखिने गरेको रेटिना स्पेशलिष्ट डा इली प्रधान बताउँछिन् ।

डा प्रधानले एकमहिनाभित्रै पहिचान गरी उपचार गर्न सकिएमा बच्चाको आँखा जोगिन सक्ने बताउँछिन् । “छिट्टै पहिचान भयो भने यसको उपचार सम्भव छ । समय अगावै जन्मिने २० देखि २८ प्रतिशत बच्चामा आरओपीको प्रकोप देखिन्छ”, उनले भनिन् । 

बाल नेत्र रोग विशेषज्ञ डा अधिकारीले सबैभन्दा महत्वपूर्ण विषय स्क्रिनिङ (पहिचान) भएको उल्लेख गर्दै समय अगावै जन्मिने बच्चाको एक महिनाभित्र अनिवार्य स्क्रिनिङ गर्नुपर्ने सुझाव दिन्छिन् । उनले भनिन्, “समय नपुगी जन्मिएका सबै बच्चाहरु यसको जोखिममा हुँदैनन् । सबैमा जटिल समस्या देखिन्छ भन्ने पनि हुँदैन । करिब सात÷आठ प्रतिशतलाई भने उपचार चाहिन्छ । यसको उपचार सम्भव छ तर जतिबेला गरेर हुँदैन । चाहिने समयमा गर्नुपर्छ ।”

उक्त समस्याको उपचार सुई, लेजर प्रविधिद्वारा गरिन्छ । तिलगङ्गा आँखा प्रतिष्ठानमा महिनामा २० देखि २५ जनासम्म यसप्रकारको समस्या लिएर आउने गरेको अस्पतालको भनाइ छ । 

रेटिना स्पेशलिष्ट डा प्रधान भन्छिन्, “कतिपय बच्चा घरमै पनि जन्मिएका छन् भने पनि स्वास्थ्यकर्मीले एक महिनाभित्र आँखा जाँचका लागि सुझाव दिनुपर्छ । आँखाको जाँच भनेको चश्मा जाँच मात्र होइन नानी फुलाएर हेर्नुपर्छ । समयमा हेरेर उपचार गर्न सकियो भने आँखा बचाउन सकिन्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक तथ्याङ्कअनुसार नेपालमा मात्रै वार्षिक आठ लाख १० हजार शिशु समयअघि नै जन्मिन्छन् ।  जसमध्ये चार हजार तीन सय शिशुको पाँच वर्षको उमेर नपुग्दै मृत्यु हुन्छ ।

मन्त्रालयका अनुसार ३७ हप्ताभन्दा अघि जन्मिएका शिशुहरु जन्मने क्रममा कम तौल भए वा अक्सिजनको मात्रामा कमी देखिए आरओपीका लागि जोखिम उच्च रहने गरेको पाइएको छ । तर यो समस्याको समयमै पहिचान भए उपचार सम्भव छ । यसै कारणले शिशु जन्मिएको २८ दिनभित्र आँखारोग विशेषज्ञसँग परामर्श गर्न चिकित्सकले सल्लाह दिँदै आएका छन् ।

नवजात शिशुरोग विशेषज्ञ डा सुनिल राजा मानन्धरका अनुसार यो समस्यासम्बन्धी पर्याप्त मात्रामा जनचेतना नपुग्दा अभिभावकहरु ढिलो अस्पताल आइपुग्छन् । उनी भन्छन्, “सबैमा नभए पनि समय नपुगी जन्मिएका अधिकांश बच्चाहरुमा विभिन्न खालका सङ्क्रमण र जोखिम हुन्छ । आँखाको जाँच अनिवार्य हो । हामी कहाँ अस्पताल ढिलो आइपुग्नुहुन्छ । एक महिनाभित्र आँखा जाँच गराए उपचार सम्भव छ ।” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप, चार जिल्लामा बाँकी

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप, चार जिल्लामा बाँकी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको अभियानमा दुई लाख ३७ हजार ९७२ जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएको...
फुटबलर साम्बालाई भएको के हो ?

फुटबलर साम्बालाई भएको के हो ?

करिव दुई महिनादेखि मैदानबाहिर रहेकी साम्बाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उपचारका लागि सहयोग गर्न आग्रह गरेकी हुन्। उनले यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट)...
मंगलबारदेखि काठमाडौँमा एच.पी.भी. विरुद्धको खोप सुरु

मंगलबारदेखि काठमाडौँमा एच.पी.भी. विरुद्धको खोप सुरु

कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय वाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई दिइने खोप अभियान सेवा फागुन ६ गतेसम्म चल्ने महानगरले जनाएको छ ।
बाँकेमा आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाउने लक्ष्य

बाँकेमा आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाउने लक्ष्य

जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले अहिलेसम्म नेपालगञ्जमा १३२, बैजनाथमा १४१ र खजुरामा १८४ जनालाई पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको जानकारी दिए । जिल्लामा विद्यालय जाने...