नेभिगेशन
सबै कुरा

सहकारीको नियमन गर्न प्राधिकरण बनिसक्यो, कार्यान्वयनको चरणमा छौँ : सहकारीमन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन गर्न प्राधिकरण बनाइसकेको भन्दै कार्यान्वयनको चरणमा रहेको बताएका छन् । 

सोमबार काठमाडौँमा नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ बार्षिक साधारणसभामा बोल्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई सहि दिशातर्फ अघि बढाउनका लागि नियमन गर्नुपर्ने आवाज उठेपछि सरकारले ऐन संशोधनमार्फत प्राधिकरण बनाएको भन्दै अव कार्यान्वयनको चरणमा रहेको बताएका हुन् । 

सहकारी सवै एउटै प्रवृतिको रहेको र सहकारी चाहिदैन भन्ने भ्रम फैलाउने गरेको भन्दै मन्त्री अधिकारीले यस्तो भ्रमका पछि नलाग्न आग्रह गरे । सहकारीकै माध्यमबाट लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भएकाले सहकारीबिरुद्ध फैलाएका हल्ला मिथ्या हुन भन्ने प्रमाणित गर्न जरुरी रहेको उनले बताए । मन्त्री अधिकारीले देशभरका सहकारीमा आवद्ध भएकालाई एकै ठाँउमा राखेर मन्त्रालयले एकवद्धतासहितको छलफल कार्यक्रम आयोजना गर्न लागिेको जानकारी दिए ।

उनले सहकारीलाई व्यवस्थीत गर्नका लागि सहकारीकर्मीहरुले पनि आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...