नेभिगेशन
समाज

गुटेरेससँग प्रधानमन्त्री शाहको भेट : भोटेकोशी विपद् र हिमताल फुट्ने जोखिमबारे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्दै भोटेकोशी विपद्पछि नेपालमा अझै कायम हिमताल फुट्ने जोखिमबारे जानकारी गराएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि बिहीबार स्थानीय समयअनुसार साँझ ६:३० बजे राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्। नेपाली समयअनुसार भेट शुक्रबार बिहान ४:१५ बजे भएको हो।

Ncell
Extreme Energy

भेटमा गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए।

उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसासमेत गरे। आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए।

शाहले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए।

भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। अतिकम विकसित राष्ट्र (एलडीसी)को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्नका लागि समर्थन जुटाउने विषयमा पनि कुराकानी भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

प्रधानमन्त्री बालेन शाहले युद्धका लागि हतियार सहजै विश्वका विभिन्न ठाउँमा पुग्ने भए पनि किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुन नसकेको भन्दै प्रश्न उठाएका छन्।
कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।
भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।