नेभिगेशन
नेताका कुरा

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

काठमाडौँ । आगामी साता १५औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।

Ncell
Extreme Energy

त्यस्तै लोगोमा, सबैभन्दा माथि चारतारे झण्डा, बीचमा अंकमा १५, तल चुनाव चिन्ह रुख र त्यसको तल नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन र  सबैभन्दा तल गौरव, गति, गन्तव्य उल्लेख गरिएको छ ।

लोगोमै कांग्रेसका ७ नेताको तस्बिर राखिएको छ । बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाको फोटो लोगोमा अंकित गरिएको छ ।

लोगोमा राखिएका नेतामध्ये देउवा विशेष महाधिवेशनबाट अपदस्थ सभापति हुन् । देउवाको फोटो लोगोमै राखिए पनि देउवा भने छुट्टै महाधिवेशनको तयारीमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता

विद्या भण्डारी एमाले वरिष्ठ नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।