नेभिगेशन
सबै कुरा

स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

चितवन : भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् । दुई अस्पताका शय्या भरिभाउ भएपछि भर्ना पाउन छाडेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भरतपुरमा भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेसमा मात्रै स्वास्थ्य बीमामार्फत उपचार सुविधा छ । यी दुई अस्पतालमा बिरामीको चाप बढेपछि आकस्मिक र बहिरङ्गमा समेत बिरामीले भरिने गरेका छन् । चितवनका अन्य निजी अस्पतालमा भने बिरामीको चाप कम छ ।

Ncell
Extreme Energy

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको बताउँछन् । उनी भन्छन्, “हामीकहाँ आएका सेवाग्राहीहरुलाई शय्या छैन भनेर भनिरहनु पर्दा अत्यन्त दुःखित छौं ।” विगत केही दिनदेखि आकस्मिकदेखि सबै छ सय शय्या प्रायः खाली नभएको उनले बताए । अस्पतालमा सघन उपचार कक्ष ३०, बाल सघन उपचार कक्ष छ, नवजात शिशु सघन उपचार कक्ष २० सबै भरिएका छन् । 

त्यस्तै, १० शय्याको वृद्धवृद्धा वार्डको शय्या आजदेखि बढाएर १६ पुर्याइएको छ । ती शय्याहरुमा पनि बिरामीको चाप छ । स्वास्थ्य बीमाका कारण सबै बिरामी त्यहीँ आएकालाई शय्या भरिएका हुन् । पौडेलले भर्ना भएका बिरामीको अस्पताल बसाइ कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिरहेको बताए। उनले भने, “सरकारी अस्पतालमा आएका बिरामी सके र भएसम्म फर्काउन नपरोस् भनेर हामी लागिपरेका छौँ ।” अस्पतालमा ७० प्रतिशत चितवनका र बाँकी बाहिरी जिल्लाका बिरामी आउने गरेका छन् । बीमाका बिरामी ७० प्रतिशतभन्दा बढी छन् । दैनिक बहिरङ्ग सेवामा दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन् । यो सङ्घीय अस्पताल हो ।

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेल दैनिक ४० जनाभन्दा बढी बीमाका बिरामी रिफर लिएर जाने गरेको बताउँछन् । अस्पतालमा शय्या अभाव भएर, कतिपय सेवा लिन पालो कुर्नुपर्ने भएर र एमआरआई जस्ता सेवा अस्पतालमा नभएर रिफर माग्ने गरेको उनले बताए । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पनि बिरामी भरिभराउ छन् । त्यहाँसमेत बिरामीले भर्ना नपाएपछि दुःख पाइरहेका छन् । बीमाका बिरामी पहिलो पटक भरतपुर अस्पताल पुग्छन् भने त्यसपछि रिफर लिएर बीमा कार्यक्रम लागू भएको शिक्षण अस्पताल पुग्छन् । अन्य जिल्लाबाट समेत बीमाका बिरामी रिफर भएर यहाँ आउने गरेका छन् ।

अस्पतालका अतिरिक्त निर्देशक डा मनोहर प्रधानका अनुसार अस्पतालका सबै शय्या भरिएकाले आएका सबै बिरामी भर्ना लिन सकिएका छैनन् । उनले भने, “हाम्रा सबै शय्या भरिएर केही बिरामी फिर्ता जाने गरेका छन् ।” शिक्षण अस्पतालमा पाँच सय ५० शय्या सञ्चालनमा छन् । तीमध्ये ९० वटा सघन उपचार कक्ष छन् । नवजात शिशुदेखि वृद्धवृद्धासम्मलाई उपचार गर्नका लागि सघन उपचार कक्ष अस्पतालमा छन् । ती सबै भरिएको उनले बताए ।

अस्पतालमा अधिकांश शय्या भरिएका कारण सबै बिरामीलाई सेवा दिन नसकिएको उनी बताउँछन् । उनी भन्छन्, “अहिले ज्वरोका बिरामी धेरै छन्, तीसँग अरू बिरामी पनि बढेकाले चाप बढेको हो ।” स्वास्थ्य बीमा गरेकाहरु सोही कार्यक्रमअन्तर्गत उपचार गर्न चाहन्छन् । आर्थिक रुपमा टेवा पुग्ने भएकाले सबैको रोजाइ बीमा कार्यक्रम हुने गरेको छ ।

मौसम परिवर्तनसँग मौसम ज्वरो, डेङ्गु, स्क्रबटाइफस लगायतका बिरामीको सङ्ख्या बढेको छ । पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी पनि यहाँ अस्पतालमा आउने गर्दछन् । यहाँका अस्पतालमा चितवनसहित देशैभरबाट बिरामी आउने गर्दछन् । नजिकका जिल्लाहरुबाट स्वास्थ्य बीमा गर्दा नै पहिलो विन्दु भरतपुर अस्पताल बनाउनेहरुको सङ्ख्या समेत ठूलो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले...