नेभिगेशन
सबै कुरा

हिजो साँझ खुलेको मनाङ सडक बिहानबाट फेरि अवरुद्ध

७ भदौ, काठमाडौं । हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे, मर्स्याङ्दी गाउँपालिका– ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । धेरै स्थानमा पहिरो खसेकाले मनाङको मेरुदण्डको रुपमा रहेका बेँसिहर–चामे सडक पूर्णरुपमा अवरुद्ध भएको डुम्रे–बेँसिहर–चामे सडक आयोजना कार्यालयका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उहाँका अनुसार सडक निर्माण गर्दैगर्दा माथिबाट पहिरो खस्ने समस्याले बाटो खुलाउनै मुस्किल भएको छ । सबइञ्जिनीयर अधिकारीले, भने ‘एक ठाउँमा सडक सरसफाइ गरिन्छ, अर्को स्थानमा पहिरो खसेर ट्र्याक नै बगाउने गरेको र वर्षाको समयमा भौगोलिक धरातल कमजोर रहेकाले  सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको छ ।’ धरातल कमजोर भएको अवस्थामा साँगुरो बाटोमा दुई सय मिटरमाथिबाट पहिरो खस्दा सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरको उनको भनाइ छ ।

Ncell
Extreme Energy

सबइञ्जिनीयर अधिकारीले भने, ‘मनाङ आउने एउटै मात्र सडक छ, यसमा पनि मुख्य सडकसँगै जोडिएर खोलिएका शाखा सडकका कारण समस्या हुने गरेको छ ।’ मुख्य सडकसँग समन्वय नगरी खोलिएका शाखा सडकबाट आउने लेदोसहितको पानीले सडकमा समस्या हुँदै आएको छ ।  सडक अवरुद्ध हुँदा सवारीसाधन आवतजावत तथा सामान आपूर्तिमा समस्या भएको छ । यहाँको सडक पूर्णरुपमा ठप्प हुँदा  मनाङ आउने पर्यटक, पथप्रर्दशक र कर्मचारीहरू  बीच बाटोमै अलपत्रमा परेका छन् । 

छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका किसानले सास्ती भोग्नाका साथै स्याउ, आलु बिक्रीका लागि बजारसम्म पुर्याउन पनि समस्या भएको स्थानीय किसान सोलबहादुर गुरुङले बर्ताए । ‘किसानलाई सबैतिरबाट सास्ती भोग्नुपर्छ, सडकका कारण बारीमा फलेका स्याउ बिक्री गर्न बजारसम्म पु¥याउन सास्ती भएको छ, अर्डर आएको सामान समयमा बजारसम्म पु¥याउनै सकिंदैन र आम्दानीभन्दा पनि सामान पुर्याउनमै खर्च बढी लाग्ने गरेको छ ।’ 

यहाँ उत्पादित स्याउ र आलु बिक्रीका लागि लमजुङ, पोखरा, काठमाडौं, चितवनलगायत देशका ठूला सहरबाट माग हुने गरे पनि उत्पादित वस्तु पुर्याउनुभन्दा बढी सामग्री ढुवानीमा खर्चनुपर्ने अवस्था यहाँका किसानले भोग्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकर्मा बाबाको सिँगारपटार (तस्बिरकथा)

विश्वकर्मा बाबाको सिँगारपटार (तस्बिरकथा)

विश्वकर्मा पूजाको अघिल्लो दिन बुधबार सुनसरीका कालिगढलाई विश्वकर्मा बाबाको मूर्ति सजाउन चटारो छ।
कांग्रेस महाधिवेशनको रेलः चढ्ने चढे, छुट्ने छुटे

कांग्रेस महाधिवेशनको रेलः चढ्ने चढे, छुट्ने छुटे

‘अब सहमतिका नाममा तालिका परिवर्तन हुने छैन । वडा अधिवेशनमा जो सहभागी हुन्छन्, ती महाधिवेशनमा सहभागी हुन्छन्, जो वडा अधिवेशनमा सहभागी हुँदैनन्, उनीहरुले महाधिवेशन गुमाउनेछन्।’
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना

आज राति यी स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज राति र भोलि देशका अधिकांश भू–भागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित...
सरकारले भन्यो– विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउँछौं

सरकारले भन्यो– विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउँछौं

सरकारले संकटका बेला विदेशी कूटनीतिक समन्वयलाई प्रभावकारी बनाउन विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउने भएको छ।