नेभिगेशन
सबै कुरा

अमेरिकामा किन बन्द भयो टिकटक ?

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका समय टिकटकले सेवा अवरूद्धताका लागि आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै हाललाई अमेरिकामा यो सेवा अवरूद्ध भएको घोषणा गरेको छ । 

केही अमेरिकी प्रयोगकर्ताले टिकटकलाई गुगल एप स्टोरबाट पनि हटाइएको बताएका छन् । अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल टिकटक बन्द गरिएको हो ।

City Express

प्रयोगकर्ताले अमेरिकामा टिकटक खोल्दा उनीहरूको टिकटक पेजमा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने एउटा सन्देश देखिन्छ । यो सन्देश टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द भएको घोषणा गरेपछि देखिन थालेको हो । 

धेरै प्रयोगकर्ताले एप स्टोरबाट पनि टिकटक हटाइएको बताएका छन् । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला सुनाएको थियो । टिकटकको मूल कम्पनी बाइटडान्सले अमेरिकी फर्म वा कम्पनीलाई टिकटकको स्वामित्व बेचेको खण्डमा मात्र टिकटक प्रतिबन्धबाट बच्न सक्ने फैसलामा उल्लेख छ । 

त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइट हाउस र न्याय मन्त्रालयले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएकाले सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको छ । 

“सौभाग्यवश, अमेरिकी राष्ट्रपति निर्वाचित हुनुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुनः सुरु गर्ने समाधान खोज्न हामीसँग मिलेर काम गर्ने सङ्केत गर्नुभएको छ,” टिकटकले भनेको छ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनको प्रतिबन्धबाट छुट दिन सक्ने आश्वासन दिएको टिकटकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान...
दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के.चन्द्रकलाले...