नेभिगेशन
सबै कुरा

हमासद्वारा आज रिहा हुने तीन बन्धकको नाम सार्वजनिक, युद्धविराम सुरु

प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धककोे नाम सार्वजनिक गरेको छ । यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

“सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,” बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

त्यसमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ।

यसअघि, इजरायलले स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायलल प्राप्त नगरेसम्म सुरु नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनीवरूप कारबाही जारी गरेको थियो ।  

यसैबीच हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन्।

उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार छ जना गाजामा मारिएका थिए भने तीन जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै विभिन्न स्थनमा गरी थप २५ जना घाइते भएका छन् ।

यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो।

प्रधानमन्त्री नेतन्याहुले आइतवार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिनुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबीचलगायत आसपासका राज्य र सहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए । सान फ्रान्सिस्को सिटी हलबाटबाट सुरु भएको नेपाल डे परेड...
खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

प्योङयाङस्थित आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले देशका धेरै क्षेत्रमा विरलै देखिने प्रकारको खडेरी जारी रहेको जनाएको छ । उक्त अवस्थाले प्रारम्भिक मौसमका बालीहरूमा प्रत्यक्ष असर पारेपछि...
नाकाबन्दीले थिचिँदै इरान, बम आक्रमणभन्दा नाकाबन्दी प्रभावकारी रहेको ट्रम्पको ठहर

नाकाबन्दीले थिचिँदै इरान, बम आक्रमणभन्दा नाकाबन्दी प्रभावकारी रहेको ट्रम्पको ठहर

अमेरिकी उच्च अधिकारीहरूले इरानसँग संवादको प्रयास गरे पनि त्यहाँको शक्ति संरचनाबारे स्पष्टता नहुँदा वार्ता प्रभावकारी हुन सकेको छैन । इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्व तहमा क्षति पुगेकाले निर्णय...
दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत  शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । सिओलस्थित दूतावासका अनुसार उनले...