नेभिगेशन
सबै कुरा

जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा

जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको  यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विदार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।

Ncell
Extreme Energy

जापानमा आत्महत्या गर्ने २० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या भने सन् २०२३ मा ८१० जना रहेकामा सन् २०२४ मा घटेर ८०० जनामा झरेको पछिल्लो तथ्याङ्कले देखाएको छ । “हामी यसलाई गम्भीरतापूर्वक लिन्छौं,’ जापानको मन्त्री परिषद्का सहायक मुख्य सचिव केइचिरो टाचिबानाले नियमित पत्रकार सम्मेलनमा भने । 

उनले भने, “बालबालिकाको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न र कसैलाई पनि आफ्नो ज्यान लिन दबाब नदिइने समाजलाई साकार पार्न हामी सक्दो प्रयास जारी राख्नेछौं ।”

स्वास्थ्य मन्त्रालयले थप तथ्याङ्क उपलब्ध भएपछि मार्चमा तथ्याङ्कको विश्लेषण जारी गर्ने अपेक्षा गरिएको थियो। जापानमा हरेक वर्ष अगष्टको अन्त्यदेखि सेप्टेम्बरको सुरुसम्म हरेक गर्मीयामको बिदाको अन्त्यमा किशोर किशोरीले आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । यसका कारण सरकार र सञ्चार माध्यमले समस्याहरूसँग सङ्घर्षरत किशोर किशोरीलाई आत्महत्या रोज्नबाट रोक्न सार्वजनिकरूपमा आह्वानलाई बढावा दिएका छन् ।

अधिकांश विद्यार्थीले आत्महत्या गर्नुको वास्तविक कारण भने खुल्न सकेको छैन । विगतको विश्लेषणले किशोर किशोरीहरूलाई अध्ययन, बदमाशी, सम्बन्ध, क्यारियर छनौट र स्वास्थ्य समस्याहरूसँग सम्बन्धित धेरै दबाबहरूको सामना गरिरहेको देखाएको छ। 

सन् २००३ मा जापानमा आत्महत्या गर्ने पुरुषको सङ्ख्या महिलाकोभन्दा एक तिहाइले बढी थियो । त्यसयता पुरुष आत्महत्या दर घटेको छ यद्यपि, यो अझै पनि महिलाको तुलनामा दोब्बर छ । 

सरकारले सञ्चालन गरेका व्यापक जागरूकता अभियान, मानसिक स्वास्थ्य सेवा र कठोर कार्यस्थल संस्कृति सुधार गर्ने प्रयासलाई पुरूषको आत्महत्या दर नियन्त्रणका लागि श्रेय दिइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबीचलगायत आसपासका राज्य र सहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए । सान फ्रान्सिस्को सिटी हलबाटबाट सुरु भएको नेपाल डे परेड...
खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

प्योङयाङस्थित आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले देशका धेरै क्षेत्रमा विरलै देखिने प्रकारको खडेरी जारी रहेको जनाएको छ । उक्त अवस्थाले प्रारम्भिक मौसमका बालीहरूमा प्रत्यक्ष असर पारेपछि...
नाकाबन्दीले थिचिँदै इरान, बम आक्रमणभन्दा नाकाबन्दी प्रभावकारी रहेको ट्रम्पको ठहर

नाकाबन्दीले थिचिँदै इरान, बम आक्रमणभन्दा नाकाबन्दी प्रभावकारी रहेको ट्रम्पको ठहर

अमेरिकी उच्च अधिकारीहरूले इरानसँग संवादको प्रयास गरे पनि त्यहाँको शक्ति संरचनाबारे स्पष्टता नहुँदा वार्ता प्रभावकारी हुन सकेको छैन । इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्व तहमा क्षति पुगेकाले निर्णय...
दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत  शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । सिओलस्थित दूतावासका अनुसार उनले...