नेभिगेशन
सबै कुरा

त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्याण्ड्सँग पराजित

काठमाडौँ । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग २० रनले पराजित भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेदरल्याण्ड्सले जितका लागि दिएको एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको हो ।

Ncell
Extreme Energy

नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ४५ बलमा तीन चौकाको सहयोगमा २८ रन बनाएकी हुन् । त्यसैगरी कविता जोशीले १७ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाइन् । पुजा महतोले १४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा २४ रन बनाइन् । 

त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सम्झना खड्काले ९ रन बनाइन् भने कविता कुवँरले ८ तथा कप्तान इन्दु बर्माले ७ रन जोडिन् । बलिङतर्फ नेदरल्याण्डसका इभा लिन्च र क्यारोलिन डे लाङले समान दुई दुई विकेट लिइन भने आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले समान एक एक विकेट लिइन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ५७ रनको योगफल बनाएको हो । 


नेदरल्याण्ड्सका लागि रोबिन रिकेले सर्वाधिक ५९ रनको योगदान दिइन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाएकी हुन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रन बनाइन् । स्ट्री कालिसले ३५ बलमा २९ रन जोडिन भने र हेटर सिगेसर्ले १९ बलमा २३ रन जोड्दै आउट भइन् ।


नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता रानामगर र ईश्वरी विष्टले समान एक–एक विकेट लिए । अब नेपाली महिला टोलीले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।