नेभिगेशन
सबै कुरा

लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ निष्काशन गर्ने

काठमाण्डौं । नेपालकै पहिलो र एकमात्र शतप्रतिशत भिट्रिफाइड टाईल्स्, लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशन गर्ने घोषणा गरेको छ । 

कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी आउँदो ६ महिनाभित्र आईपीओ जारी गर्ने लक्ष्य राखेको जानकारी दिएको हो ।

CG

शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको पनि कम्पनीले बताएको छ ।  

गत साता भएको सो सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका संचालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको छन् । 

“लामिनार टायल्सलाई शतप्रतिशत भिट्रिफाइड टायल्स ब्रान्डका रूपमा बजारमा व्यापक रूपमा रुचाईएको छ,” कम्पनीका अध्यक्ष सुब्रत धितालले भन्नुभयो, “हामीलाई विश्वास छ कि यो आईपीओले हाम्रो व्यवसाय विस्तारलाई थप गति दिनेछ । गुणस्तर र नवीनतामा निरन्तर सुधार गर्दै, औद्योगिक व्यवस्थापनलाई सुदृढ बनाउने हाम्रो यात्रामा यो एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।”

उत्पादनमार्फत नेपाली उपभोक्ताहरुका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्स्हरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ कम्पनीले गत वर्षदेखि संचालन थालेको हो । 

बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ । 

करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सोमबार ३३७ कम्पनीको एक करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको कारोबार...
नेप्से परिसूचकमा ४७ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ४७ अङ्कको वृद्धि

आइतबार विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार...
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

बुधबार ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५...
नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

आजको कारोबारमा व्यापार समूहबाहेक अरु सबै समूहको उपसूचक घटेको छ । एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त...