नेभिगेशन
सबै कुरा

टाटा ‘नेक्सन केथ्री इभी'काे बुकिङ्ग खुल्ला

काठमाडाैँ । भारतको अग्रणी वीद्युतीय  गाडी निर्माता टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्राण्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’को नेपाली बजारमा बुकिङ्ग खुल्ला गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक  गरेसँगै बिक्रीका लागि बुकिङ्ग खुल्ला गरेको हो । 

Ncell
Extreme Energy

कम्पनीका अनुसार, नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी  सुविधाहरुले  सम्पन्न रहेको छ ।

नेक्सन केथ्री.इभीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ रहेको छ। साथै, सुरुवाती अफरमा ग्राहकहरुलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइनेछ । 

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत  राजन बाबु श्रेष्ठले भने,- ‘सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्स बिचको सहकार्यमा पहिलो पटक विद्धुतीय गाडी  नेक्सन इभी प्राइम २०२१ मा नेपालमा विक्री/वितरण सुरु गरिएको थियो।  यसलाई नेपाली  ग्राहकहरुले अत्याधिक रुपमा मनपराई दिनुभयो। ग्राहकहरुको त्यहीँ विश्वासलाई आत्मसाथ गर्दै हामीले नेपालको इभी इको सिस्टममा लगानी गर्यौं । अहिले हामी गर्वका साथ भन्न सक्छौ कि सिप्रदीले नेपालको सबैभन्दा ठूलो इभी इको सिस्टम, जसमा १८५  भन्दा बढी चार्जिङ स्टेशन, १६ भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ। र आजबाट बुकिङ्ग सुरु भएको नेक्सन केथ्री.इभीको बिक्रिसँगै, बिक्रिपश्चात्को सेवालाई पनि उत्तिकै ध्यान राख्ने छौं ।’

टाटा प्यासेन्जर अन्तर्गतको  इलेक्ट्रीक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार  प्रमुख यश खंडेलवालका अनुसार,- ‘नेपालभर ३,०००  भन्दा बढी सन्तुष्ट  ग्राहकहरूको साथ सहित नेक्सन केथ्री.इभीले नेपाली बजारमा आफ्नो विशिष्ट छवि  बनाइसकेको छ।  हामीले नेपाली ग्राहकहरूको यो माया एवं विश्वासको कदर स्वरुप आज नेक्सन केथ्री.इभीको बुकिङ्ग सुरु गरेका छौं, र प्रविधि, डिजाइन, आराम एवं सुरक्षाको नयाँ मानक स्थापित गरेको यस गाडीले ग्राहकहरुको यात्रा अनुभवलाई नयाँ उचाईमा पुर्याउने विश्वास समेत लिएका छौं ।’

४५ किलोवाट ब्याट्री प्याकले   सुसज्जित नेक्सन केथ्री.इभीले नेपाली बाटोमा ३२५ किमिको रेन्ज दिनेछ । यस्तै,  ब्याट्री प्याक र मोटरमा ८ वर्ष वा १,६०,००० कि.मि.  (जुन पहिले आउँछ) वारेन्टी सुनिश्चित गरिएको छ । ठूलो पानारोमिक सनरुफ, आधुनिक ड्यासबोर्ड, ३६० डिग्री क्यामेरा समेत नेक्सन केथ्री. इभीमा उपलब्ध छ । नेक्सन केथ्री.इभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...