नेभिगेशन
सबै कुरा

टाटा ‘नेक्सन केथ्री इभी'काे बुकिङ्ग खुल्ला

काठमाडाैँ । भारतको अग्रणी वीद्युतीय  गाडी निर्माता टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्राण्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’को नेपाली बजारमा बुकिङ्ग खुल्ला गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक  गरेसँगै बिक्रीका लागि बुकिङ्ग खुल्ला गरेको हो । 

Ncell
Extreme Energy

कम्पनीका अनुसार, नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी  सुविधाहरुले  सम्पन्न रहेको छ ।

नेक्सन केथ्री.इभीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ रहेको छ। साथै, सुरुवाती अफरमा ग्राहकहरुलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइनेछ । 

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत  राजन बाबु श्रेष्ठले भने,- ‘सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्स बिचको सहकार्यमा पहिलो पटक विद्धुतीय गाडी  नेक्सन इभी प्राइम २०२१ मा नेपालमा विक्री/वितरण सुरु गरिएको थियो।  यसलाई नेपाली  ग्राहकहरुले अत्याधिक रुपमा मनपराई दिनुभयो। ग्राहकहरुको त्यहीँ विश्वासलाई आत्मसाथ गर्दै हामीले नेपालको इभी इको सिस्टममा लगानी गर्यौं । अहिले हामी गर्वका साथ भन्न सक्छौ कि सिप्रदीले नेपालको सबैभन्दा ठूलो इभी इको सिस्टम, जसमा १८५  भन्दा बढी चार्जिङ स्टेशन, १६ भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ। र आजबाट बुकिङ्ग सुरु भएको नेक्सन केथ्री.इभीको बिक्रिसँगै, बिक्रिपश्चात्को सेवालाई पनि उत्तिकै ध्यान राख्ने छौं ।’

टाटा प्यासेन्जर अन्तर्गतको  इलेक्ट्रीक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार  प्रमुख यश खंडेलवालका अनुसार,- ‘नेपालभर ३,०००  भन्दा बढी सन्तुष्ट  ग्राहकहरूको साथ सहित नेक्सन केथ्री.इभीले नेपाली बजारमा आफ्नो विशिष्ट छवि  बनाइसकेको छ।  हामीले नेपाली ग्राहकहरूको यो माया एवं विश्वासको कदर स्वरुप आज नेक्सन केथ्री.इभीको बुकिङ्ग सुरु गरेका छौं, र प्रविधि, डिजाइन, आराम एवं सुरक्षाको नयाँ मानक स्थापित गरेको यस गाडीले ग्राहकहरुको यात्रा अनुभवलाई नयाँ उचाईमा पुर्याउने विश्वास समेत लिएका छौं ।’

४५ किलोवाट ब्याट्री प्याकले   सुसज्जित नेक्सन केथ्री.इभीले नेपाली बाटोमा ३२५ किमिको रेन्ज दिनेछ । यस्तै,  ब्याट्री प्याक र मोटरमा ८ वर्ष वा १,६०,००० कि.मि.  (जुन पहिले आउँछ) वारेन्टी सुनिश्चित गरिएको छ । ठूलो पानारोमिक सनरुफ, आधुनिक ड्यासबोर्ड, ३६० डिग्री क्यामेरा समेत नेक्सन केथ्री. इभीमा उपलब्ध छ । नेक्सन केथ्री.इभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...