नेभिगेशन
सबै कुरा

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएका हुन् । उनले नेपाली चियाको उचित बजार प्रवद्र्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिए ।

CG

प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक रु छ अर्बको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया)मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले यसबाट नेपाली उद्यगीलाई मार पर्ने विषयमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराए । 

ती संस्थाले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महशुलको प्रबन्ध गरिनुपर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो...
श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन...
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर तरुल खेती सुरु गर्दै आएका छन् । खेमराजले भने “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन,...
मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट  रु १६ करोड ५३ लाख बढी आम्दानी...