नेभिगेशन
पैसाका कुरा

भायानेटको कनेक्टिभिटी अब फुटबल मैदानसम्म, महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक बन्यो भायानेट

काठमाडौँ । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ बनेको छ। मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यसहित यो प्रायोजन गरिएको भायानेटले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान, र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।

Ncell
Extreme Energy

भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले भने,‘खेलकुद, मनोरञ्जन, र इन्टरनेट आपसमा गासिएका क्षेत्रहरू हुन्, जसले हाम्रो व्यवसायलाई पनि नजिकबाट छोएको छ। ठूला खेलकुद प्रतियोगिताका बेला इन्टरनेट र टिभीको प्रयोग उल्लेखनीय रूपमा बढ्छ। हाल नेपाली क्रिकेट र फुटबलमा देखिएको प्रगति र दर्शकहरूको माया उत्साहजनक छ, र हामी यस यात्रालाई अझ बलियो बनाउन चाहन्छौं। नेपाली टिमलाई अझ उचाइमा पुर्याउन हाम्रो निरन्तर साथ रहनेछ।’

त्यस्तै उनले फुटबल प्रवर्द्धन गर्नु आफूहरुको सामाजिक दायित्व समेत रहेको बताए । ‘फुटबल प्रवर्द्धन गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो। महिला फुटबलको विकासमा सानो योगदान दिन पाउँदा हामी गर्व गर्छौं। खेलकुद राष्ट्रको उन्नतिको एउटा महत्वपूर्ण आधार भएकाले, महिला फुटबललाई थप सशक्त बनाउने प्रयासमा हामी पनि सामेल भएका छौं।’

भायानेट यसअघि पनि विभिन्न सामाजिक महत्वका कार्यक्रमहरूमा सहभागी हुँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...