नेभिगेशन
सबै कुरा

लेवनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो । 

Ncell
Extreme Energy

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पुर्याइएको थियो । अस्पतालले उनको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा थिए।

घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेवनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेवनान सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ । 

लेवनानका प्रधानमन्त्री र लेवनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...

भर्खरै