नेभिगेशन
सबै कुरा

प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ?


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिन अस्वीकार गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा चलेको प्रधानमन्त्री र सांसदको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ नदिएका हुन् । 

CG

संसदमा प्रधानमन्त्री ओलीलाई १० जना सांसदले प्रश्न सोधेका थिए । अन्तिममा सांसद साहले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । उनले प्रधानमन्त्रीलाई बिभिन्न ८ विषयमा कडा प्रश्न गरेका थिए । तर प्रधानमन्त्रीले उनको कुनैपनि प्रश्नको जवाफ दिएनन् । उल्टो उनले साहमाथि आक्रोस पोखे । 

ती मध्ये अन्तिममा थिए, आम जनता पार्टीका सांसद प्रभु साह । उनले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रुपमा राखे ।

यस्ता छन् प्रभु साहले प्रधानमन्त्रीलाई साेधेकाे प्रश्न । 

१. नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिनेहरूको संख्या कति छ ? उनिहरुको पैतृक सम्पति के कति थियो र अहिले कुन अवस्थामा छ ? ति अबैध सम्पतिहरूलाई राज्यको स्वामित्वमा ल्याउन तपाईले के के गर्नु भो ? खुलेआम हुण्डीबाट ति अबैध सम्पतिहरू विदेश लैजादा रोक्न नसक्ने तपाईलाई हामी सक्षम भन्ने कि असक्षम ? प्रधानमन्त्रीज्यू ति अबैध सम्पतिलाई अब स्वदेश फिर्ता ल्याउने तपाईको योजना के छ?

२. झण्डै ७० लाख भन्दा बढी नेपाली युवाहरू अहिले बैदेशिक रोजगारमा छन्‌ । उनीहरूको श्रम समझौता अनुसार प्रत्येक वर्ष झण्डै ४० खर्ब भन्दा बढी रेमिट्यान्स नेपाल आउनु पर्ने हो ? तर अहिलेसम्मको रिपोर्ट बुझदा यो वर्ष जम्मा १३-१४ खर्ब मात्र आउने संभावना छ । मेरो प्रश्न छ, हामा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुण्डीमार्फत खुलेआम कालो धनसँग मिलान भैराख्दा तपाई किन मौन बस्नु भयो ? नेपाली युवाहरू भ्रष्टाचारीहरुको कालाधन साटनलाई बिदेशमा मरिरहेका छन ? हैन भने संख्याको अनुपातमा ती रेमिट्यान्स किन नेपाल आएन ?

३. वैदेशिक रोजगारमा जाने नेपाली मजदूरहरूले बिदेशमा आफनो ट्रेडयूनियनको हक पाएको छैन । किन ट्रेडयूनियनको हक न पाउने गरी श्रम समझौता गर्नु भो ? अहिलेको २,औँ शताब्दीमा नेपाली मजदूरलाई दासताको नारकीय जिवनमा धकेलदा तपाईहरूले के कति लाभ पाउनु भएको हो? 

४. नेपालमा जीडीपी र राजस्वको अनुपात हेर्दा सरकारले जीडीपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ | ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढी राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको देखिन्छ, जो जीडीपीको ३०% हुन आउछ | यसलाई कर आतंक न भन्ने त के भन्ने प्रधानमन्त्रीज्यू ? के यस्तै कर प्रणालीले हाम्रो अर्थतन्त्र सुधार हुन्छ ? हुँदैन भने, यो कर आतंकलाई रोक्ने योजना के छ?

५. तपाईंले सार्वजनिक रुपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जाँदैछु भनेको कहिले हो ? निम्तो नै नआईकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनूभूति हुँदैन?

६. यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो, तर आँफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहुमत समेत नहुँदा अहिले बिचल्लीमा परेको जस्तो अनुभूति हुँदैन ? सत्ता-सहयात्रामा रहेका दलले नै अध्यादेश अस्विकार गर्ने निर्णय गरिसकेपछि अब तपाईं कुन नैतिकताले पदमा बस्नु हुन्छ ?

७. संघीय राजधानी जोड्ने सबै राजमार्गहरु अस्तव्यस्त छन्‌ । तर प्रधानमन्त्री जीले चारैतिर विकासको चकाचाँध मात्र देखु हुन्छ । यदी त्यसो हो भने, ती राजमार्गहरुमा तपाई आफैं किन यात्रा गर्नुहुन्न ? त्याहाँ लगातार भैरहेको घटना दुर्घटनाको जिम्मा कसले लिने ?

८. आवासविहीनहरुलाई घर बनाउन 'सुरक्षित आवास' भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिव दलितहरूसँग मजाक गर्नुभयो ? प्रधानमन्त्री जी यसको जवाफ दिनुस्‌ ? धन्यवाद ! 

तर, प्रधानमन्त्रीले यी कुनै पनि प्रश्नकाे जवाफ दिएनन् ।  प्रधानमन्त्रीले भने, ‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन् । संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा,’ प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै प्रश्न गरे, ‘के म मेनपावरको मान्छे हुँ ? अहिले म सरकारमा आएपछि यो ८ महिनाबाट सुरु भएको हो । तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?’

त्यसपछि सांसद शाहले प्रतिवाद गर्न खोजेका थिए । तर भामुख देवराज घिमिरेले समय दिएनन् । 

प्रधानमन्त्रीले फेरि भने, ‘माननीयजीले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनुपर्ने छैन । मैले धेरै जवाफ दिइरहनुपरेन । यहाँलाई धन्यवाद छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ वाग्लेले उजुरीमा भनेका छन्...
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...