नेभिगेशन
सबै कुरा
मन्त्रीपरिषद् बैठक :

खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाल नियुक्त

काठमाडाैँ । सरकारले एउटै प्रकृतिको कामका लागि स्थापना भएका फरक फरक संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । 

फागुन ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सार्वजनिक खर्च पुनरावलोकन आयोग, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग र एउटै प्रकृतिको कामका लागि स्थापना भएका फरक फरक संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदनले सिफारिस गरेका सुझावहरुको कार्यान्वयनका लागि मन्त्रीपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय भएको जानकारी दिए । 

बैठकले खानेपानी संस्थानको महाप्रवन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ भने फागुन १२ बाट जेनेभामा हुने संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को ५८ औं सत्रमा भाग लिन परराष्ट्र मन्त्रीको भ्रमण स्वीकृत गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद्ले नेपाल सरकार र ओमान सरकारबीच हुने पर्यटन क्षेत्रमा सहयोग आदान प्रदानसम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ भने नेपाल र अमेरिकाबीच हुने पुरातात्विक र समूदायको संस्कृतिसँग सम्बन्धीत सामाग्रीहरुको ओसारपसार तथा आयात प्रतिवन्धसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

बैठकले मानव बेचबिखन तथा ओसारपसार(नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिने र औधोगिक व्यवसाय(पहिलो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...