नेभिगेशन
सबै कुरा

सबै नेता र पदाधिकारीहरुको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउन रास्वपाको माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पार्टी उपसभापति डोलप्रसाद अर्यालले उच्च तहमा पुगेका सबै नेता र पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोगको माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरेका हुन् । 

प्रधानमन्त्री ओलीको भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने भनाई उदृत गर्दै अर्यालले भने, ‘राज्यको उच्च निकायमा पुगेका पूर्व र वर्तमान सबै नेता र पदाधिकारीहरुको सम्पत्ति छानबिनका लागि भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीज्यूबाट उच्चस्तरीय छानबिन आयोग बनाउन म आग्रह गर्दछु ।’

त्यस्तै उनले वहालवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र प्रहरी महानीरिक्षकबाट समेत संलग्नता छैन भनेको रवि लामिछानेको विषयमा संसदबाट प्रश्न उठेपछि आफूहरु छानबिन गर्न तयार भएको बताउँदै अन्य नेताको पनि छानबिन गर्न सरकार तयार हुने आशा रहेको बताए । उनले भने, ‘वहालवाला प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्री र प्रहरी महानीरिक्षकबाट समेत संलग्नता छैन भन्दाभन्दै पनि सदनमा प्रश्न उठेपछि हामीले हाम्रो पार्टीको सभापतिबारे छानबिन गर्न तयार भयौँ । हाम्रो पार्टीको सभापतिको त छानबिन सुरु भयो र हामी अदालततिर कानुनी लडाइँ लडिरहेका छौँ । आशा छ सरकार र सदन अब छानबिन आयोग बनाउन तयार हुनेछ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै