नेभिगेशन
सबै कुरा

सबै नेता र पदाधिकारीहरुको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउन रास्वपाको माग


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पार्टी उपसभापति डोलप्रसाद अर्यालले उच्च तहमा पुगेका सबै नेता र पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोगको माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरेका हुन् । 

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीको भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने भनाई उदृत गर्दै अर्यालले भने, ‘राज्यको उच्च निकायमा पुगेका पूर्व र वर्तमान सबै नेता र पदाधिकारीहरुको सम्पत्ति छानबिनका लागि भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीज्यूबाट उच्चस्तरीय छानबिन आयोग बनाउन म आग्रह गर्दछु ।’

त्यस्तै उनले वहालवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र प्रहरी महानीरिक्षकबाट समेत संलग्नता छैन भनेको रवि लामिछानेको विषयमा संसदबाट प्रश्न उठेपछि आफूहरु छानबिन गर्न तयार भएको बताउँदै अन्य नेताको पनि छानबिन गर्न सरकार तयार हुने आशा रहेको बताए । उनले भने, ‘वहालवाला प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्री र प्रहरी महानीरिक्षकबाट समेत संलग्नता छैन भन्दाभन्दै पनि सदनमा प्रश्न उठेपछि हामीले हाम्रो पार्टीको सभापतिबारे छानबिन गर्न तयार भयौँ । हाम्रो पार्टीको सभापतिको त छानबिन सुरु भयो र हामी अदालततिर कानुनी लडाइँ लडिरहेका छौँ । आशा छ सरकार र सदन अब छानबिन आयोग बनाउन तयार हुनेछ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।