नेभिगेशन
सबै कुरा

मानसिक रोग भएकाहरुको हेटौँडा अस्पतालमा उपचार सुरु

मकवानपुर : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा दिन सुरु गरिएको छ ।

अस्पतालले तीन दिनअघि देखि उक्त रोगका बिरामीलाई उपचार सेवा दिन थालिएको हो । हेटौँडा अस्पतालमा अहिले मकवानपुरका विभिन्न भेगबाट मनोरोगका बिरामी दैनिक ३० देखि ३५ जना उपचारका लागि आउने गरेका छन् । ती बिरामीहरुलाई सम्बन्धित चिकित्सकले स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनको भरतपुरतर्फ पठाउने गरिएको हेटौँडा अस्पतालका मेसु डा रामचन्द्र सापकोटाले बताए ।

City Express

उक्त अस्पतालको परिसरमा रहेको भवनका विभिन्न कक्षमा महिला र पुरुषको छुट्टाछुट्टै शय्याको व्यवस्था गरी आवश्यक सुरक्षाको प्रबन्धसहित बिरामीहरुलाई नियमित भर्ना गरी उपचार दिने लक्ष्य रहेको उनले जानकारी दिए । अस्पतालमा अहिले प्रसूति सेवा, मिर्गौला रोगबाट प्रभावित बिरामीहरुलाई डाइलाइसिस उपचार सेवालगायत पेट र पत्थरीको पनि शल्यक्रिया गर्ने सुविधा उपलब्ध गराएको मेसु डा सोपकोटाले बताए । 

हाल अस्पतालमा एक मनोचिकित्सकको दरबन्दी रहेको र अर्का एक चिकित्कको दरबन्दी उपलब्ध गराउन सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरी माग गरिएको आवश्यक प्रक्रिया पनि सुरु भइसकेको उनले बताए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरी गम्भीर प्रकारका बिरामीलाई थप उपचारका लागि काठमाडौँको पाटन, वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा पठाउँदै आएको सूचना अधिकारी झाले बताए ।  

सो अस्पतालमा बागमती प्रदेशको सिन्धुली, धादिङ, चितवन, मधेस प्रदेशको सर्लाही, महोत्तरी, बारा, पर्सा, रौतहटबाट प्रसूति सेवा, डेङ्गु, पेटसम्बन्धी पत्थरीलगायत अन्य रोगका बिरामी पनि हेटौँडा अस्पतालमा उपचार सेवा लिन दैनिक रुपमा आउने गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए ।
हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको भन्दै उनले हैजा नियन्त्रणमा लिन ध्यान केन्द्रीत गरेको बताए । उनले नारायणी अस्पतालमा विरामीको निशुल्क उपचार भइरहेको र निशुल्क...
तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्जमा ९३ जनामा देखियो हैजा

वीरगञ्जमा ९३ जनामा देखियो हैजा

नारायणी अस्पतालमा  आरडिटी जाँचमा  ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम...