नेभिगेशन
सबै कुरा

मानसिक रोग भएकाहरुको हेटौँडा अस्पतालमा उपचार सुरु

मकवानपुर : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा दिन सुरु गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पतालले तीन दिनअघि देखि उक्त रोगका बिरामीलाई उपचार सेवा दिन थालिएको हो । हेटौँडा अस्पतालमा अहिले मकवानपुरका विभिन्न भेगबाट मनोरोगका बिरामी दैनिक ३० देखि ३५ जना उपचारका लागि आउने गरेका छन् । ती बिरामीहरुलाई सम्बन्धित चिकित्सकले स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनको भरतपुरतर्फ पठाउने गरिएको हेटौँडा अस्पतालका मेसु डा रामचन्द्र सापकोटाले बताए ।

Ncell
Extreme Energy

उक्त अस्पतालको परिसरमा रहेको भवनका विभिन्न कक्षमा महिला र पुरुषको छुट्टाछुट्टै शय्याको व्यवस्था गरी आवश्यक सुरक्षाको प्रबन्धसहित बिरामीहरुलाई नियमित भर्ना गरी उपचार दिने लक्ष्य रहेको उनले जानकारी दिए । अस्पतालमा अहिले प्रसूति सेवा, मिर्गौला रोगबाट प्रभावित बिरामीहरुलाई डाइलाइसिस उपचार सेवालगायत पेट र पत्थरीको पनि शल्यक्रिया गर्ने सुविधा उपलब्ध गराएको मेसु डा सोपकोटाले बताए । 

हाल अस्पतालमा एक मनोचिकित्सकको दरबन्दी रहेको र अर्का एक चिकित्कको दरबन्दी उपलब्ध गराउन सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरी माग गरिएको आवश्यक प्रक्रिया पनि सुरु भइसकेको उनले बताए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरी गम्भीर प्रकारका बिरामीलाई थप उपचारका लागि काठमाडौँको पाटन, वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा पठाउँदै आएको सूचना अधिकारी झाले बताए ।  

सो अस्पतालमा बागमती प्रदेशको सिन्धुली, धादिङ, चितवन, मधेस प्रदेशको सर्लाही, महोत्तरी, बारा, पर्सा, रौतहटबाट प्रसूति सेवा, डेङ्गु, पेटसम्बन्धी पत्थरीलगायत अन्य रोगका बिरामी पनि हेटौँडा अस्पतालमा उपचार सेवा लिन दैनिक रुपमा आउने गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले...