नेभिगेशन
सबै कुरा

पर्साको नेपाल राष्ट्रिय माविका ३ दर्जन बढी विद्यार्थी बेहोस

काठमाडौँ । पर्साको एक विद्यालयमा ३ दर्जन बढी विद्यार्थी बेहोस भएका छन् । जिल्लाको कालिकामाई गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कटिबलुवाका विद्यार्थीहरू सोमबार अचानक बेहोस भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पठनपाठनका लागि कक्षाकोठामा जाने समयमा एकपछि अर्को गरि विद्यार्थीहरू अचानक बेहोस भएपछि विद्यालयका शिक्षक अभिभावकहरू आत्तिएका थिए । विद्यालयका अनुसार बेहोस हुने विद्यार्थीहरूको संख्या तीनदर्जन भन्दा बढी रहेको छ । बेहोस भएका विद्यार्थीलाई पोखरिया अस्पतालमा उपचारका लागि पठाइएको छ ।

Marvel
Extreme Energy

विद्यालयका शिक्षकका अनुसार विद्यार्थीहरूले अचानक टाउको दुख्ने, कमजोरी महसुस भएको बताएको केही समयपछि एकाएक बेहोस भएर भुइँमा ढल्न थालेका थिए ।


बिहानीको समयमा खेलमैदानमा प्रार्थना गरेर कक्षाकोठामा जान लाग्दा उनीहरु बेहोस भएको इलका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । बेहोस हुनेमा कक्षा ५ देखी कक्षा ९ सम्मका विद्यार्थीहरू रहेका छन् । घटनापछि विद्यालयका शिक्षक, कर्मचारी तथा स्थानीय अभिभावकहरूले विद्यार्थीहरूलाई तत्काल पोखरिया अस्पताल पुर्याएका हुन् ।

बेहोस हुनुको कारण खुुलेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...