नेभिगेशन
मुख्य समाचार

उपद्रो गरेको आरोपमा जितपुर सिमरा ७ का वडाध्यक्ष गुप्ता पक्राउ 

बारा । जितपुर सिमरा उपमहानगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष सुनिल गुप्ता पक्राउ परेका छन्। 

शुक्रबार राति वडाध्यक्ष गुप्ता आफ्नो समर्थकसहित स्थानीय जितपुर सिमरा उपमहानगरपालिका निवासी समाजसेवी परशुराम गिरीको घरमा पुगी ढुंगामुढा गरी उपद्रो गरेको आरोपमा पक्राउ परेका छन्।

CG

वडा अध्यक्षका समर्थकहरुले समाजसेवी गिरी लगायत उनको परिवारका सदस्यलाई निर्घात कुटपिट गरेपछि गिरीले प्रतिकारमा बन्दुक निकालेर एक राउण्ड हवाई फायर गरेका थिए।

सो पश्चात अध्यक्ष गुप्ता र समर्थकहरु को भागाभाग भएको थियो । घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय बारामा छलफल गरेपनि निष्कर्षमा नपुगेपछि वडा अध्यक्ष गुप्तालाई उपद्रो मुद्दा अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिई हिरासतमा राखेको हो।

२४ घण्टाभित्र गुप्ताको अनुसन्धान नसकिए म्याद थप गरेर भएपनि उनलाई अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता समेत रहेका डिएसपी विजयराज पण्डितले  जानकारी दिए ।

उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा समस्यादेखिपछि मङ्गलवार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे भइरहेको गतिविधिका बारेमा जानकारी लिन बिहीबार निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही...
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताइन ।